Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 4
    Trending
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    • गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
    • जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सडक बालकको संघर्ष र जुत्ताको जीवनकथाका आधारित लघुचलचित्र ‘पाउलो’
    कला

    सडक बालकको संघर्ष र जुत्ताको जीवनकथाका आधारित लघुचलचित्र ‘पाउलो’

    Syangja SandeshBy Syangja SandeshJanuary 5, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं २० पुस । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो ।

    लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको छ ।

    यहाँ कलाकार पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । लघुचलचित्र ‘पाउलो’ मा पनि एउटा जीवन्त कथा र समाजको यथार्थ चित्रण रहेको छ ।

    जुत्ता एउटा सामाग्री मात्र हैन, मानवीय अनुभुतीहरु पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । पाउलोको कथावस्तु जुत्ता सम्बन्धी भएर आफुलाई राम्रो लागेकाले सहकार्य गरेको ब्ल्याक हर्स इन्ड्रस्टिज प्रालिका प्रबन्ध निर्देशक चीन बहादुर श्रेष्ठले बताउनुभयो । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।

    लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रुपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन् । उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुल वाल’ विभिन्न अन्तरास्ट्रिय चलचित्र महोत्सवहरुमा समेत छनोट भएर विभिन्न देशहरुमा प्रदर्शनसमेत भईसकेको छ ।

    पाउलोको पात्रहरुको लागि स्पार्कल आर्ट एकेडेमीमा अडिसनमार्फत कलाकारहरुको छनोट गरिएको थियो । मुख्य पात्रको रुपमा अभिनय गरेका गर्नुभएका प्रशान्त हुमागाइँ यस लघुचलचित्रबाट अभिनयबारे अझ धेरै कुराहरु सिक्ने अवसर पाएको बताउनुहुन्छ । अभिनय गरिरहँदा मानिसहरु झुक्किएर पैसा दिएको अनुभव समेत उहाले सुनाउनुभयो । उहाले नाटक मार्फत बेलारुस र बंगलादेश पुगेर उत्कृष्ट बाल कलाकारको अवार्डसमेत प्राप्त गरिसक्नु भएको छ ।


    लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गर्नुभएको छ । पाउलोमा रेनुका कार्कीको र कास्टिङ डिरेक्सन र प्रोडक्सन म्यानेजमेन्ट चक्रप्रसाद पोख्रेलको हो । यसका सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायांकन नारायण जिसीले र सम्पादन अनिल कुमार महर्जनले गर्नु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.