स्याङ्जा २० असोज । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले शेयर बजार साक्षरता कार्यक्रम गरेको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा गरिमा क्यापिटल लिमिटेडको समन्वयमा शेयर बजार साक्षरता सम्बन्धी कार्यक्रम गरेको हो ।
कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले शेयर बजार सम्बन्धी प्रशिक्षणले धेरैलाई लाभान्वित बनाएको बताउनुभयो । उहाले परिवर्तित समय अनुरुप पुजी संकलन तथा लगानी गर्दै आय आर्जन बढाउन सहज बनाउने यस्ता खालका साक्षरता कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताउनुभयो । केन्द्रिकृत यस्ता कार्यक्रमलाई जिल्ला तहमा ल्याएर साक्षरता गराएकोमा उद्योग वाणिज्य संघलाई धन्यवाद ब्यक्त गर्दै शेयर पुजीका बारेमा सबै तहका मानिसले जान्नु जरुरी रहेकोमा जोड दिनुभयो ।

धितोपत्र बोर्डका निर्देशक अनुज कुमार रिमाल, गरिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई, मियो सेक्रेटिजका प्रमुख कार्यकारी सुमन कुमार मल्ल, गरिमा क्यापिटल्स लिमिटेडका चिज बिजनेश अफीसर तुलसी आचार्यले शेयर बजार, धितो पत्र लगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठले कार्यक्रमका उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो भने नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्माले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले धन्यवाद सहित शुभकामना मन्तब्य र महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभएको थियो ।