Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 13
    Trending
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शुक्रवारदेखि ‘सिरुवारीमा होमस्टे’ संचालन हुदै
    समाचार

    शुक्रवारदेखि ‘सिरुवारीमा होमस्टे’ संचालन हुदै

    Syangja SandeshBy Syangja SandeshOctober 27, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १० कात्तिक । नेपालकै नमूना पयटकीय गाउँ ‘सिरुवारी होमस्टे’ पर्सी कात्तिक १२ गते (शुक्रवार) देखि संचालनमा ल्याईने भएको छ।मुलुककै पहिलो होमस्टेका रुपमा प्रख्यात सिरुवारी कोरोना भाइरस संक्रमण बढेसंगै बन्द गरिएको थियो। कोरोनाको दोश्रो चरणसंगै बन्द रहेका होमस्टे पुनःसंचालनको तयारीकालागि यहाँका पर्यटनकर्मीहरु आ आफना कर्ममा जुटेका छन्।


    आँधीखोला गाउँपालिका १ पञ्चमूल स्थित शिरुवारी बाक्लो गुरुङ बस्ती छ। कला, संस्कृति, रहनसहन र आत्मियता साट्न सिपालु यहाँका स्थानीयबासीसंगको साक्षात्कार साच्चीकै यादगार रहन्छन्। गाँउले तथा पहाडीय जीवन, कला, संस्कृति, गुम्वा, भ्यू टावर, म्यूजियम, धारु, बुद्धको मूर्ति लगायतका क्षेत्रका घुमिफिर तथा अवलोकन गर्ने स्थल यहाँका मनमोहक छन्।


    पाहुना आउने खबर भएपछि होमस्टे संचालकहरु मुख्य प्रवेशद्धारमा पञ्चेवाजा सहित पाहुनाका स्वागत र सम्मान गर्छन। पञ्चेवाजासंगै पाहुनालाई लिएर नाच्दै नचाउदै सास्कृतिक भवनमा राखिन्छ। त्यसपछि खाजा खुवाउने चलन छ। खाजामा स्थानीय मकै, रोटी, चिया, चाहना हुनेका लागि स्थानीय रक्सी, चिसो लगायतका खाजा खुवाउने गरिन्छ। खाजासंगै सांस्कृतिक कार्यक्रममा सहभागी गराईन्छ। पाहुना पनि स्थानीय कला संस्कृति र भुषभुषामा रमाउछन्।


    मौलिक पाराका ढुंगाले बनाईएका चिटिक्क परेका घर, आँगन, बाटोघाटो, चिसो र सफा वातावरण र सफा मनका स्थानीयबासी यहाँका मुख्य बिशेषता हुन। त्यसो त, सफा घर, बस्ती। स्थानीय उत्पादनमा जोड। पारिवारिक सदस्य झैं ब्यवहार गर्दे स्थानीयले आ आफना घरघरमा पाहुना राख्नेगरी सुरुवात गरिएको होमस्टे हो। यहाँ गुरुङ जीवनशैली स्थानीय संस्कृतिका माध्यमबाट पर्यटकलाई न्यानो आतिथ्यता प्रदान गर्दछन भने स्थानीय खानापानमा जोड दिन्छन।


    बिस २०५४ सालदेखि पर्यटन गाउँका अभियन्ता पूर्व सांसद स्व. क्याप्टेन रुद्रमान गुरुङको विशेष पहलमा होमस्टेका रुपमा सन्चालनमा ल्याइएको हो। दुरदृष्टि र गाउँको विकास आफैंवाट सुरुवात गर्नुपर्छ भन्ने मान्यता बोकेका गुरुङले स्याङ्जाको एक पिछडीएको स्थललाई साच्चीकै सुन्दर र दक्षिण एशियाकै नमूना पर्यटकीय गाउँ बनाउन सफल भएको सिरुवारी पर्यटन विकास समितिका संयोजक जुमबहादुर गुरुङ् भन्न्ुाुहुन्छ ।

    उहाले भन्नुभयोे, ‘उहा पर्यटनका पिता ।’ अहिलेसम्म जिउँदो रहेका भए यो गाउँमा अझ धेरै विकास हुनेथियो। नेपालमा पहिलो होमस्टे संचालन गर्ने स्याङजाको सिरुवारीलाई होमस्टेको उद्गम थलोको रुपमा परिचित छ।
    यहाँ २३ घरहरु होमस्टेका लागि तयार छन। प्रत्येक घरमा २ देखि ४ जनासम्म राख्न सकिनेगरी बनाइएको छ। पाहुना बसाईको जिम्मेवारी लगायतका अन्य ब्यवस्थापन समिति माफृत हुनेगर्दछ।


    विश्व लगायत नेपाललाई नै आतंकित पार्नेगरी फैलिएको कोरोनाका कारण ठप्प रहेको ब्यवसाय अब केही चलायमान भएका छन्। विश्व शान्ति, मानव रक्षा, सुख र पितृ उद्धारका लक्ष्य सहित सिरुवारीमा ५ दिने त्रिपिटक (कांग्युर) पाठवाचन गरिएको छ।


    कात्तिक ३ गतेदेखि सुरु कग्यूर पाठवाचन ८ गतेसकेपछि होमस्टे सञ्चालनमा ल्याइने गरी तयारी गरिएको होमस्टे संचालिका उर्मिला गुरुङ् भन्नुहुन्छ उहाले भन्नुभयो, लोकप्रिय गायिका, बौद्ध भिक्षु आनी छोइङ डोल्मा लगायत डा. किरण गुरुङ् (खेम्पो) र सन्तोष गुरुङ् (खेम्पो) लगायतको उपस्थितिमा झण्डै ५० जना बौद्धधर्मगुरु र बाल लामाले पाठ वाचन गर्नुभयोे।


    बौद्ध परम्परामा त्रिपिटक कांग्युर पाठ गर्नाले शान्ति, सुख र स्वास्थ्यलाभ हुने विश्वास गरिन्छ । कग्यूर भनेको गौतम बुद्धले ८० बर्षसम्म दिएको उपदेशको संग्रहित ग्रन्थ हो। सिरुवारी जानका लागि पर्यटकीय नगरी पोखराबाट डेढ घण्टाको सवारी यात्रापछि स्याङ्जाको नागडाँडा र त्यसपछि झण्डै डेढ घण्टाको यात्रापछि सिरुवारी पुग्न सकिन्छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.