Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शिक्षकका लागि अन्वेषण तथा अनुसन्धान बारे प्रशिक्षण
    वालिङ् नगरपालिका

    शिक्षकका लागि अन्वेषण तथा अनुसन्धान बारे प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshFebruary 23, 2024Updated:February 23, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ फागुन । वालिङ नगरपालिकाको आयोजना तथा ब्रिटिस काउन्सिलको सहकार्यमा शिक्षकहरुका लागि अन्वेषण तथा अनुसन्धान बारे २ दिने प्रशिक्षण कार्यक्रम वालिङ्मा सम्पन्न भएको छ ।

    समापन कार्यक्रममा बोल्द नगरप्रमुख कृष्ण खाँणले तालिमका सिप र ज्ञानलाई ब्यवहारमा उतारी यहाँ अध्ययारत बिद्यार्थी सबैको शैक्षिक गुणस्तर बृद्धिमा सहयोग गर्न आग्रह गर्नुभयो । नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्न ब्रिटिस काउन्सिलको कार्यक्रमले धेरै मद्दत गरेको भन्दै उहाले यहाँकोे शैक्षिक श्रीवृद्धिका पालिका सधैभरी तयार रहेको बताउनुभयो ।

    दुई दिने कार्यक्रममा ७ जना शिक्षकले ७० जना अंग्रेजी शिक्षकले जनही दश÷दश जना शिक्षक तयार पारी शिक्षणका बेला आइपरेका समस्या समाधान गर्नेगरी सहजीकरण गरिएको हो।

    कक्षा शिक्षण र विद्यार्थीको सिकाइमा देखिएका समस्या वास्तविक समस्या हुन वा होईनन भन्ने विषयमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरुसँग छलफल प्रश्नोत्तर एवं कक्षा शिक्षण अवलोकनगरी गरिने छ ।

    यसरी आएका बास्तविक समस्या पहिचान गरी विद्यार्थीका समस्या समाधानका लागि नयाँ खोज र सहज तरिका उपयोगगरी सिकाइमा सुधार ल्याउनेगरी कार्यक्रम गरिएको वालिङ नगरपालिकाका शिक्षा अधिकृत दुर्गाकुमारी न्यौपानेले बताउनुभयो ।

    उहाँका अनुसार, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि एक कोषेढुङ्गा मानिएको उक्त कार्यक्रमले ७ जना शिक्षक (मेन्टर) ले नगरभित्रका विभिन्न सामुदायिक विद्यालयका ७० जना शिक्षक (मेन्टर) मार्फत वालिङ नगरमा अध्यापन गराउने सामुदायिक विद्यालयका झण्डैं ५ सय जना शिक्षकलाई प्रशिक्षित गराउने छ ।

    विषयमा विद्यालयमा जानकारी गराउने वातावरण तयारगरी प्रत्येक कक्षाकोठामा अन्वेषण तथा अनुसन्धान कार्यक्रममा सिकेका ज्ञानलाई उपयोग गर्न प्रधानाध्यापक तथा शिक्षकलाई आग्रह गर्नुभयो ।

    उक्त प्रस्तुतिकरणको सुपरीवेक्षण तथा मूल्याङ्कनका लागि आउनु भएका ब्रिटिस काउन्सिलका सुपर मेन्टर इश्वर कँडेले शिक्षकहरुको निरन्तर पेशागत विकासका लागि सहयोग गर्न र ती कार्यलाई शिक्षण गरिरहुन्जेल निरन्तर रुपमा प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

    कार्यक्रममा शिक्षा अधिकृत गीता पाठक सहित सहभागि शिक्षकहरुले बिगत र हालको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

    ब्रिटिस काउन्सिल स्रोत शिक्षक दिपक लम्सालले सहजीकरण गर्नु भएको सो कार्यक्रमको बारेमा जानकारी शिक्षा अधिकृत दुर्गाकुमारी न्यौपानेले दिनुभएको थियो।

    कार्यक्रममा सामुदायिक र संस्थागत बिद्यालय तथा क्याम्पसमा अंग्रेजी बिषय अध्यापन गराउदै आउनु भएका ७० जना शिक्षकहरुको सहभागीता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.