Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 31
    Trending
    • काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित
    • हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण
    • पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट
    • खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    • पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विष्णु तुलसी विवाह एवं हरिबोधिनी एकादशी पर्व मनाइँदै
    समाचार

    विष्णु तुलसी विवाह एवं हरिबोधिनी एकादशी पर्व मनाइँदै

    Syangja SandeshBy Syangja SandeshNovember 4, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    ????????????????????????????????????
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ कात्तिक । हिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछन् । कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध आज विशेषगरी विष्णु भगवानको पूजन सहित तुलसी विवाहको उत्सव मनाइन्छ ।

    असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।सनातन धर्म अनुसार आषाढ शुल्क एकादशी देखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट उठेको यस पवित्र दिनमा भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको यसै दिन तुलसीको विवाह विष्णु भगवानसंग भएको थियो, शालिग्राम वा पिपलसंग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह हो ।

    हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् । हरिशयनी एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको छ ।

    तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने धार्मिक मान्यता रहेको छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधिको रुपमा पनि प्रयोग गरिन्छ । अन्न खान नहुने मान्यताका कारण यस दिन सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ ।

    यस दिन विहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र विष्णु भगवानको पूजन सहित तुलसी विवाहगरी व्रत वस्ने परम्परा रहेको छ । तुलसी विवाहको लागि तुलसीको मठ या गमलामा गेरु वा रङ्ग आदिले रंगरोगनगरी सजाएर चारैतिरबाट ऊखु, साल, बाँस या नियालोलो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृङ्गार गर्नु पर्दछ । दियो, कलश, गणेश सहित सबै देवी–देवताहरुको र श्री शालिग्रामको श्रद्धा एवं भक्ति पूर्वक पूजन गर्नु पर्दछ र आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पणगरि प्रसाद स्वरूप न्वागी खाने प्रचलनपनि रहेको छ ।

    पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नमः भन्दै पाद्य जल, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई तुलसी तथा शालिग्राममा आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दिप, नैवेद्य, ऋतुफल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मनोवाञ्छित फल प्राप्त हुने शास्त्रक्त कथन रहेको छ,।

    त्यसपछि पहेंलो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ र एउटा नारिवल, दक्षिणा सहित भगवान् शालिग्राम हातमा लिएर तुलसीजीको सात पटक परिक्रमा गर्नुपर्दछ तत्पश्चात् आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ र यसदिन विष्णुभगवानको भजन किर्तन गरी रातभरी जागराम बस्ने चलनपनि रहेकोछ । यसरी गरिएको पूजा एवं आराधनाबाट हामीलाई सुख, समृद्धि र सबै प्रकरको मनोकामना प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.