काठमाण्डौं १६ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विषयमा छानविन गर्न खेलकुद मन्त्रालयलाई अनुरोध गरिने भएको छ । एन्फाको केन्द्रीय समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । यसअघि प्रमुख प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफू राजीनामा दिन गइरहेको भन्दै फेसबुकमा लेख्नुभएको थियो । लगत्तै नेम्बाङले अलमुताइरीको आरोप खण्डन गर्दै छानविनको माग गर्नुभएको थियो । त्यसपछि दुवैले छानविन गर्न एन्फामा निवेदन दिएका थिए । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ तथा पुरुष राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फा सचिवालयमा दिएको निवेदन उपर छलफल गर्दा उक्त निवेदनको सम्बन्धमा छानविन गर्न नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरियो,’ एन्फाले जनाएको छ।
Saturday, November 8
Trending
- पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
- फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
- खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
- कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
- कृषकका असल साथी, सम्झनामा माधव सर
- जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग
- राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
- वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
