Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘विपदमा हामी’, वडाध्यक्षको निजी भ्यान एम्बुलेन्स, चालक स्वयं
    समाचार

    ‘विपदमा हामी’, वडाध्यक्षको निजी भ्यान एम्बुलेन्स, चालक स्वयं

    Syangja SandeshBy Syangja SandeshJune 9, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भीरकोट नगरपालिकाका केही युवाहरुले ‘विपदमा हामी’ अभियान संचालन गरेका छन्। उनीहरुको स्वयंसेवी अभियानबाट कोरोना संक्रमित, क्यान्सर रोगी, दम, मुटु, सुत्केरी ब्यथा र अन्य बिरामीलाई राहत पुगेको छ।
    ग ३ च ७४२ नम्बरको रातो प्लेटको हाईलक्स (पीकअप) भ्यान। भ्यानको पछिल्लो भागमा अक्सिजनको सिलिण्डर। भ्यान भित्र एकजना स्वास्थ्यकर्मी, एक÷दुई जना अन्य स्वयंसेवी साथीसंगै भीरकोट नगरपालिका ५ का वडाअध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण)। आफैं चालक पनि।
    दिनरात उहा हिडीरहनु भएको छ । जब जिल्लामा निषेधाज्ञा सुरु भयो त्यसबेलादेखि उहाको कर्म सुरु भएको हो। बिगत एक महिनादेखि पटक पटक थपगर्दै जिल्लामा निषेधाज्ञा जारी छ। पछिल्लो सिटमा बिरामी। कोरोना संक्रमित हुन् वा अन्य। गाँउमा कतै कोही बिरामी भएको खबर पाएपछि उनी गाडी सहित पुगिहाल्छन। बिरामी आफैं उठाउछन र उपचारका लागि अस्पताल पुरयाउछन्।


    लक्ष्मणले आफनो निजी सवारी साधन एम्बुलेन्सका रुपमा उपयोग गर्दे आउनु भएको छ । अक्सिजन सहितको सेवा निशुल्क छ ।
    कोरोना संक्रमित वा अन्य कुनै विमारभई उपचारकालागि तत्काल अस्पताल पुरयाई उपचार दिलाउने उदेश्यले आफनै सवारी साधनबाट निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको उहाले बताउनुभयो । उहाले आफनो भ्यानलाई एम्बुलेन्स बनाउनुभएको हो । सो एम्बुलेन्सका चालक पनि आफैं हो भने तेलको पनि आफैंले जोहो गर्नु भएको छ । बिरामीले अस्पताल पुग्नका लागि कुनै शुल्क तिर्नुपरेको छैंन।
    ‘पहाडी जिल्ला भनेका बेलामा साधन पाईदैनन्, बल्ल तल्ल साधान पाईहाले पनि संक्रमणका त्रासले चालकले कोरोना बिरामी बोक्ने गाह्रो मान्छन, त्यही भएर म आफैंले आफनो साधनलाई एम्बुलेन्स बनाएर चलाएको हुँ।’ उहाले भन्नुभयोे, ‘अहिलेसम्म १ सय ७ जना कोरोना संक्रमित र ३९ जना अन्य बिरामीलाई बिभिन्न अस्पतालमा पुरयाएको जानकारी दिनुभयो । गह्रौं प्राथमिक अस्पताल वालिङ, जिल्ला अस्पताल स्याङजा, पोखरा र भरतपुर क्यान्सर अस्पतालसम्म पुरयाउनुभएको छ ।
    कोरोना संक्रमण पुष्टिपछि अधिकांश होमआइशोलेशनमा बस्न रुचाउँछन्। धेरैको घरमा नै निको भएको पनि छ। श्वासप्रश्वासमा कठिनाई देखिएपछि केही अस्पतालमै पुरयाउनपर्छ। समयमै पुरयाउन नसक्दा बिरामीको ज्यान पनि जान सक्छ। त्यस्तै अवस्थालाई ध्यान दिदै तत्काल अस्पताल पुरयाउने ब्यवस्था मिलाइएको युवा समाजसेवी राजकुमार गुरुङ भन्नुहुन्छ ।
    त्यो त, ‘बिपतमा हामी’ अन्र्तगत कोरोना संक्रमितका उपचारमा विरामीलाई अफ््ठ्यारो परेमा उनी त्यहाँ पनि पुग्ने गरेको भीरकोट जेसीजका अध्यक्ष प्रसुन मगरले जानकारी दिनुभयो । मगर भन्छन् ‘हामीले खबर गर्दासाथ अध्यक्ष आफैं गाडी लिएर बिरामीको घर पुग्नुहुन्छ,स्वास्थ अवस्था बुझेपछि अस्पताल दौडाइहाल्नहुन्छ।’
    ‘मानवता सेवा भन्दा ठूलो धर्म कहिंछैन। अफ्ठ्यारोमा नै सहयोग गर्ने हो । भीरकोट मात्र होइन। आवश्यक परे जिल्लामा जसलाई मेरो सहयोग पर्छ। खबर गर्नुहोला म आउछु’ अध्यक्ष अधिकारी भन्नुहुन्छ।
    कोरोना भाइरस संक्रमण अवधिभर र मेरो स्वास्थ्यले साथ दिउन्जेल समाजसेवामा लागिरहने छु। उहाले भन्नुभयोे ‘संक्रमितसंगको दुरी र स्वास्थ्य मापदण्डमा ख्याल गरेको छु।’
    अध्यक्ष अधिकारीको मानवसेवाप्रति भीरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनालले खुशी ब्यक्त गर्नुभयो । ‘विपदका बेला सहयोग गर्नु हामी सबैको प्रमुख दायित्व हो। यो भन्दा ठूलो धर्म अरु छैंन।’ प्रमुख खनाल भन्नुहुन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.