Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 13
    Trending
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ्ले कोरोना प्रभावितलाई उद्यमी बनाउन ५० हजार अनुदान दिने
    वालिङ् नगरपालिका

    वालिङ्ले कोरोना प्रभावितलाई उद्यमी बनाउन ५० हजार अनुदान दिने

    Syangja SandeshBy Syangja SandeshOctober 5, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जां १९ असोज । वालिङ् नगरपालिकाले कोरोना प्रभावितलाई उद्यमी बनाउन अनुदान दिने जनाएको छ। कोरोनाका कारण रोजगार गुमाएका युवायुवतीलाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ुस्टार्टअपुका रुपमा आउँदो साता ५० हजार नगद अनुदान दिने भएको हो।

    वालिङ नगरपालिका र यूएनडीपीको आर्थिक सहयोग तथा दियालो संस्थाद्वारा सञ्चालित ुकोभिड(१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजनाु मार्फत अनुदान दिने बताइएको छ।

    कोरोनाका कारण विदेशबाट फर्केका वा स्वदेशमै रोजगार गुमाउन वाध्य युवालाई पुनःस्वरोजगार बनाउने उदेश्यले अनुदान सहयोग गरेको नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिनुभयो। नगरपालिकाले ुउद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७ु निर्माणगरि प्रभावितलाई आफनै गाउँघरमै उद्यमी बनाउने लक्ष्य लिएको छ।

    नगरपालिकाले पनि व्यवसाय वा उद्यम गर्न चाहनेहरुलाई आर्थिक अभाव हुन नदिनेगरी नीति बनाएको छ। कोरोनाको कारण बेरोजगारी समस्या बढेको छ। वालिङ क्षेत्रका प्रभावित तथा बेरोजगार वर्गको आर्थिक अवस्थामा परिवर्तन ल्याई समृद्ध बनाउने वातावरण मिलाउने उदेश्य रहेको यूएनडीपी गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले जनाउनुभयो।

    न्यून आय भएका व्यक्तिका जीवनमा परिवर्तन ल्याई दिगो आर्थिक वृद्धिका लागि अग्रसर बनाउनु कोष स्थापनाको मुख्य लक्ष्य रहेको प्रमुख अर्यालले भन्नुभयो।

    ुकोरोना संक्रमणपछि बिथोलिएको व्यवसाय सम्हाल्नका लागि कोषमार्फत सुरुवात गरेका हौं। जहाँ नयाँ आविष्कार गर्न मद्दत गर्ने, युवाहरुमा भएको रचनात्मक सीपलाई उजागर गर्न प्रोत्साहित गर्ने र कोषमार्फत विशेष राहत प्याकेजसमेत उपलब्ध गराई उनीहरुलाई उद्यमी बनाउने योजना छ।ु दियालोका अध्यक्ष कबिता तिवारीले भन्नुभयो, ‘अहिले २० जना युवा तथा समूहलाई गरी प्रत्येकलाई ५०(५० हजार रुपैयाँ उपलब्ध गराई नवप्रवर्तनमा ‘स्टार्टअप’ गराईने छ। यसअघि पनि कोषमार्फत २० जनाले यही सुविधा लिइसकेको उहाले बताउनुभयो।

    गण्डकी प्रदेश अन्र्तगत स्याङ्जा जिल्ला पनि बढी प्रभावित मध्येको जिल्ला हो भने जिल्लाको सबैभन्दा बढी कोरोना संक्रमित भएको नगर वालिङ् हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.