स्याङ्जा २५ जेठ । दिगो बिकासको लक्ष्यका स्थानिकीकरण अन्र्तगत वालिङ्मा हरित पुनःउत्थान परियोजना लागु गरिएको छ।
वालिङ् नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक साझेदारी सहित दियालो संस्थाको व्यवस्थापनमा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको हो।
बिगत ३ बर्षदेखि जारी परियोजना अन्र्तगत हरित पुनः उत्थानका बारेमा नवनिर्वाचित जनप्रतिनिधी तथा सरोकारवालाई परियोजनाका बारेमा जानकारी दिने सन्दर्भमा सो को जानकारी गराइएको हो।
कार्यक्रममा बोल्दै वालिङका निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँणले आफुले प्रमुखको जिम्मेवारी सम्हाल्दादेखि नै नगरपालिकाले उत्पादनमा जोड दिएको जनाउदै नवआगन्तुक प्रतिनिधीले पनि यसलाई जिम्म्ोवारी ठान्दै निरन्तरता दिई नगरबासीलाई तरकारीमा आत्मनिर्भर र आर्थिकोपार्जन गर्न समेत सुझाव दिए। नगरबासी सबैले यहाँबाटै उत्पादित तरकारी खाने र बचेका तरकारी निर्यात गर्ने परियोजनाको मुख्य लक्ष्य रहेको उहाले बताउनुभयो ।
दिगो बिकासको स्थानिकिरण कार्यक्रम मार्फत कोभिड प्रभावित तथा अन्य कारणले समस्यामा रहेका नगरका इच्छुक कृषक, नवउद्यमी तथा उद्यमी ज्ञान, सीप उपलब्ध गराउनु पर्नेमा उहाले जोड दिनुभयो ।। उहाले भन्नुभयो, ‘नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन र गरिवि घटाउन यस्ता परियोजना अत्यावश्यक छन।’
कार्यक्रममा युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले स्थानीय उत्पादनमा जोड दिई, उत्पादन, प्रवद्र्धन र बजारीकरण मुख्य लक्ष्य रहेको जनाए। उनका अनुसार, ‘बालीदेखि थाली सम्मका कार्यलाई सबैले मनन् गर्दै अघि बढ्नुपर्छ।े स्थानीय उत्पादनको अधिकतम बृद्धि र उपभोगले मात्रै आर्थिक संम्बृद्धि हासिल सम्भव हुने बताउनुभयो । आफैंले उत्पादित बाली स्वस्थ्यकर बनाई बालीदेखि थालीसम्मका कार्य गरेर स्वस्थ्य रहन समेत सुझाव दिनुभयो ।
कार्यक्रममा प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी, प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई लगायतले वालिङलाई हरित उद्यमीको शहर बनाउनेगरी सञ्चालित परियोजनालाई आगामी बर्षहरुमा समेत निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । दिगो बिकासको लक्ष्य प्राप्तीका लागि युएनडिपीसँगको सहकार्य प्रभावकारी देखिएको समेत उनीहरुका भनाई छन्।
परियोजना अन्र्तगत उद्यमशीलता, व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र (ईबिक) मार्फत उद्यमी अनुकुल बातावरण बनाउने जस्ता कार्यहरु वालिङ्मा जारी छ। उद्यमीको शहर बनाउने अभियानको लक्ष्य हो। दिगो बिकासकालागि आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम राख्न मुख्य ३ आयामलाई ध्यान दिन जरुरी छ उहाले भन्नुभयो ।
सोही कार्यक्रममा दियालो संस्थाका उपाध्यक्ष बिष्णु सुवेदी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, परियोजना प्रमुख राधाकृष्ण डुमे लगायतले परियोजनाले नगरबासीमा उद्यमशिलतातर्फ आर्कषण र कृषिमा नयाँ जागरण देखिएको बताउनुभयो ।
Friday, November 22
Trending
- अर्जुनचौपारीद्धारा महिला क्रिकेट खेलाडीलाई नगद सहित सम्मान
- पुतलीबजार नगरपालिका १ कार्यालयद्धारा क्रिकेट खेलाडीलाई सम्मान
- पुतलीबजार नगरपालिकाले आउदो नगरसभामा क्रिकेट महिला खेलाडीलाई सम्मान गर्ने
- रोशनी माविद्धारा ४ खेलाडी रअध्यक्ष सहितलाई सम्मान
- खुमा अर्याल फाउण्डेसनद्धारा जनही एक लाख नगद सहित खेलाडी सम्मान र स्वास्थ्य शिविर
- ‘नेपाली काँग्रेसकोे सय दिने बिशेष अभियान स्याङ्जामा सुरु’
- खुमा फाउण्डेशनले महिला क्रिकेटरलाई सम्मान गर्ने
- विश्वकप खेल्ने यु १९ का स्याङ्जाका खेलाडीलाई अर्जुनचौपारीले सम्मान गर्ने