स्याङ्जा, २४ असोज । वालिङ नगरपालिकामा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ। अन्य १७ जना घाईते भएका छन्।
र्दुघटनामा परी मृत्यु हुनेमा गल्याङ नगरपालिका १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीय गंगा पल्ली रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
घाईते दुईको वालिङको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो। घाईते मध्ये १४ जना यात्रु र जीप चालकको अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले जानकारी दिए।
ती मध्ये ६ जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ। अरु ९ जना मध्ये २ गल्याङ अस्पताल र ७ जना वालिङ् प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत छन्।
वालिङबाट लाखुडाँडातर्फ जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप आइतबार साँझ ७ बजे वालिङ नगरपालिका १० मदिखोलामा दुर्घटना हुँदा १९ जना घाईते भएको प्रहरीले जनाएको छ।
जीप सडकदेखि करिव ५० मिटर तल खसेको र दुर्घटनाका कारण बारे अनुसन्धान सुरु भैसकेको प्रहरीको भनाई छ।
जिपमा सवार गल्याङ नगरपालिका १० का ४ वर्षीया करिष्मा थापा, २६ महिनाकी अर्चल बिक, २५ वर्षीय रामबहादुर पल्ली, ३ वर्षीय किरण पल्ली, २४ वर्षीया तिर्सना विक, ५५ वर्षीय रामबहादुर पल्ली, २२ वर्षीया विष्णु थापा, २७ वर्षीय अर्जुन थापा, ६० वर्षीया हुमा पल्ली, ५६ वर्षीया रीता गाहा, २ वर्षीय एञ्जल गाहा, २२ वर्षीया पूष्पा पल्ली, ५५ वर्षीया भीमकुमारी पल्ली, ३ वर्षीया यमना पल्ली, ५५ वर्षीया लीलाकुमारी पल्ली, वालिङ नगरपालिका १० बझाकोटकी २४ वर्षीया सपना थापा, २ वर्षीय नवीन थापा घाईते भएका छन् ।
Friday, June 6
Trending
- राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
- जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
- सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
- प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
- सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
- चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
- फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
- सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध