Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ्को बाह्रोै सभा सम्पन्न, ९१ करोड ८२ लाखको बजेट पारित
    राजनीति

    वालिङ्को बाह्रोै सभा सम्पन्न, ९१ करोड ८२ लाखको बजेट पारित

    Syangja SandeshBy Syangja SandeshJune 24, 2022Updated:June 24, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० असार । वालिङ नगरपालिकाले आ।व।२०७९÷०८० को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १२ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले बजेट सार्वजनिक गर्नुभएको हो ।

    नगरपालिकाको आ।व।२०७९÷०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय,प्रदेश र स्थानीय सरकारको गरी कुल ९१ करोड ८२ लाख २० हजार रुपैयाँको बजेट नगर उपप्रमुख तिवारीले नगरसभामा प्रस्तुत गर्नुभएको हो ।

    बिहिबार नगरसभामा प्रस्तुत बजेटको ४५।८ प्रतिशत चालुतर्फ तथा ५४।२ प्रतिशत पूँजीगत तर्फ रहेको छ ।

    बजेटको आयस्रोतको रुपमा आन्तरिक आय, गत वर्षका अल्याएको संघीय सरकारको राजश्व बाँडफाँड, समपुरक अनुदान, विशेष अनुदान तथा सशर्त अनुदान गरी जम्मा ८७ करोड ३१ लाख १३ हजार र प्रदेश सरकारबाट राजश्व बाँडफाँड, समानीकरण अनुदान,समपुरक अनुदान तथा सशर्त अनुदान गरी जम्मा ४ करोड ५१ लाख ७ हजार रहेका छन् ।

    विनियोजित बजेट मध्ये सबैभन्दा धेरै सामाजिक विकासको लागि ४५ करोड १३ लाख ७८ हजार र सबैभन्दा कम सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रको लागि १ करोड ३२ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

    त्यसै गरी क्षेत्रगत रुपमा आर्थिक विकास, पूर्वाधार विकास, वडा स्तरीय विकास, वातावरण तथा विपद् व्यवस्थापन र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

    प्रस्तुत बजेटको स्वास्थ्य क्षेत्रमा नागरिकलाईस्वास्थ्य सेवाको सुनिश्चित गर्न जेष्ठ तथा दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण, सुत्केरी एम्बुलेन्स, स्वास्थ्य बीमाको पहँुच विस्तार लगायतमा प्राथमिकता दिइएको छ ।

    शैक्षिक विकासको लागि प्रतिभाको खोजी कार्यक्रम ,शैक्षिक केन्द्रहरुलाई इन्टरनेटको माध्यमबाट गरिने सिकाई प्रक्रियाको लागि स्तरोन्नती,प्रोत्साहनमा आधारित लगानी तथा प्रत्येक विद्यालयमा इन्टरनेट र कम्प्युटरको जस्ता कार्यक्रमहरुलाई बजेट विनियोजन गरिएको छ ।

    कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स तथा संकलन केन्द्रको स्थापना,नश्ल सुधार तथा कृषि बीमा, स्थानीय कृषि उत्वादनको ब्रान्डिङ, प्याकेजिङ तथा बजारीकरण कार्यक्रमलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।

    त्यसै गरी पर्यटन, भाषा, संस्कृति संरक्षणका कार्यक्रमहरु, युवा तथा खेलकुद क्षेत्रको विकास लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ ।

    आ।व।२०७९ ÷०८० को बजेटले स्वरोजगारमा विकास,उत्पादनको वृद्धि, पूर्वाधार तथा पर्यटकीय क्षेत्रमा संरचना निर्माणमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन लगायतका उद्देश्यहरु राखेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.