स्याङ्जा ९ असार । वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले महिला उद्यमी विकास समिति अध्यक्ष मन्जु केसीलाई सपथ ग्रहणपछि बोल्दै अध्यक्ष श्रेष्ठले उद्यमी महिलाहरुको समितिले यहाँका महिला उद्योगी व्यवासायी एव्ां उद्यमीहरुको हितका पक्षमा काम गर्दै उहाहरुलाई आत्मनिर्भर हुने खालका कार्यक्रममा जोडिन आग्रह गर्नुभयो । उहाले उद्यमीलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । केसीको अध्यक्षतामा मनोनित १७ सदस्यीय महिला उद्यमी विकास समितिले शुक्रबार सपथ ग्रहण गरेको हो ।
महिला उद्यमी विकास समिति अध्यक्ष केसीले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनुभएको थियो । साथै महिला उद्यमी विकास समितिको सपथ ग्रहणसंगै समितिको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकमा विविध विषयमा छलफल समेत गरिएको समिति अध्यक्ष केसीले बताउनुभयो । समितिले स्मार्ट सिटिको अवधारणमा अगाडि बढ्दै गरेको वालिङमा आफ्नो कार्यकालमा कोशेली घरको स्थापना अध्यक्ष केसीले बताउनुभयो ।
वालिङमा रहनुभएका महिला दिदिबहिनीहरुले उत्पादन गर्नुभएको विभिन्न सामाग्रीहरुको विक्रि स्थल स्थापना गरी कोशेली घरको रुपमा विकास गर्ने यसका लागी सबैको साथ र सहयोगले सफल हुने अध्यक्ष केसीको विश्वास छ । उद्योग वाणिज्य संघको गत जेठ २५ गतेको बैठकले केसीको अध्यक्षतामा समिति मनोनित गरेको थियो । समितिको उपाध्यक्षमा पार्वती पंगेनी, सचिवमा सिता ढुंगाना अधिकारी, कोषाध्यक्ष सावित्रि रेग्मी मिठु रहनुभएको छ ।