Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु
    वालिङ् नगरपालिका

    वालिङमा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु

    Syangja SandeshBy Syangja SandeshAugust 9, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ साउन । वालिङ नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु भएको छ । नेपाल सरकार,स्वास्थ्य मन्त्रालय,स्वास्थ्य सेवाविभाग र वालिङ नगरपालिकाको बीचमा हस्ताक्षर भएसँगै कार्यक्रम सुरु भएको हो ।नागरिकको स्वास्थ्यलाई सबल बनाउन नगरपालिकाले वृहत कार्यक्रम सुरु गरेको जनाएको छ । नसर्ने रोगहरुले धेरैको मृत्यु भएको पछिल्लो समयमा नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी चेतना फैलाउन यस कार्यक्रम सार्थक हुने छ ।

    हस्ताक्षर कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले नगरको विकासको लागि नागरिकको स्वास्थ्य सबल हुनुपर्ने उल्लेख गर्दै स्वास्थ्य सबलताको लागि नर्सिङ घरदैलो कार्यक्रम सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘नगर समृद्धिको लागिहामीले कार्यकालको बाँकी समयमा अर्थपूर्ण र प्रभावकारी कार्यक्रमलागू गर्दै जनप्रतिनिधिको दायित्वबाट कदापि पछि पर्ने छैनौँ ।’ ‘नगरको चौतर्फी विकासको लागि सक्षम नागरिक आवश्यक पर्ने उल्लेख गर्दै सक्षमताको लागि स्वास्थ्य पहिलो आवश्यकता रहेकोले स्वास्थ्य सबलताको लागि नगरले पहल कदमी चालेको नगर प्रमुख खाँणको भनाई छ ।

    कार्यक्रमको बारेमा सहजीकरण गर्दै स्वास्थ्य सेवा विभागका वरिष्ठ अस्पताल नर्सिङ शाखा प्रमुख बाला राईले नर्सिङ घरदैलो कार्यक्रमले नेपालमा व्याप्त बनेको नसर्ने रोगको प्रतिकुल प्रभाव र न्यूनिकरणको लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम सफलताको लागि नर्सिङ जनशक्ति व्यस्थापन तथा सञ्चालनको लागि नगरपालिकाको सिङ्गो टिमको भुमिका र दायित्व महत्वपूर्ण भएकोले सबैले आ–आफ्नो स्थानबाट अथक प्रयास गर्नुहुने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा स्वास्थ्य सेवा विभागका निर्देशक हिरा निरौलाले नागरिकको स्वास्थ्यलाई सबल राख्न नगरपालिकाले चालेको कदम अर्थपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले नगरपालिकाको सम्पूर्ण वडामा खटिने स्वास्थ्कर्मीहरुले नागरिकको स्वास्थ्य सम्बन्धीपूर्ण तथ्याङ्क सङ्कलन,स्वास्थ्य अवस्थालगायतका विवरण सङ्कलन गर्दै सचेतना फैलाउने काम गर्ने जानकारी दिनुभयो । नेपाल सरकार,स्वास्थ्य मन्त्रालय,स्वास्थ्य सेवाविभाग र वालिङ नगरपालिकाको साझेदारीमा सञ्चालन हुने यस कार्यक्रम अर्थपूर्ण हुने नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाका अनुसार सरुवा रोगहरुको प्रकोपको जोखिम रहि रहेको वर्तमान अवस्थामा ती रोगहरुको बारेमा सचेतना फैलाउँदै नसर्ने रोगहरुको बारेमा पनि नागरिकलाई चेतना फैलाउन सार्थक हुनेछ ।

    नर्सिङ घरदैलो कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरुले नागरिकलाई मुटुरोग,मनोरोग,पाठेघरको क्यान्सर,स्तनक्यान्सर लगायतका बारेमा जानकारी दिँदै उनीहरुलाई स्वस्थ जीवनशैलीको आचरण अवलम्बन गर्न सचेतना फैलाउने नगरपालिकाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.