Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, September 16
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङका २५६ खरका छाना बिस्थापन गर्दै जस्तापाता
    वालिङ् नगरपालिका

    वालिङका २५६ खरका छाना बिस्थापन गर्दै जस्तापाता

    Syangja SandeshBy Syangja SandeshAugust 9, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ साउन । वालिङ नगरपालिकाले २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाइदिएको छ । नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो । वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷७७ देखि कार्यान्वयनमा आएको यो अभियान अन्तर्गत हालसम्म २५६ खरका छाना हटाएर जस्तापाता लगाइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    स्वास्थ्यका दृष्टिले जस्तापाता भन्दा खरको छानो उपयुक्त हुँदाहुँदै पनि आगलागीको सम्भावना तथा छाना छाउने दक्ष कामदारको अभावका कारण नगरपालिका तथा सुरक्षित नागरिक आवास कार्यक्रममार्फत जस्तापाता लगाइएको नगर प्रमुख खाँणले बताउनुभयो । छाना विस्थापनका लागि माग भई आएका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी जस्तापाता वितरण गर्ने र वालिङलाई खरका छानारहित बनाउनका लागि बाँकी रहेका घरलाई यसै वर्षमा सम्पन्न गर्ने गरी अगाडि बढिएको नगर प्रमुख खाँणले बताउनुभयो । वालिङ नगरपालिकामा हालसम्म खरको छाना विस्थापनका लागि ४३१ घरले आवेदन दिएका मध्ये सुरक्षित नागरिक आवासका कार्यक्रमका लागि २५४ मध्ये २४० घरधुरीले मात्रै सम्झौता गरेर निर्माण थालेका नगर प्रमुखको सचिवालयका सचिव छबि आलेले बताउनुभयो । आवेदन दिएकामध्ये सबैले सम्झौता गरिनसकेको जनाउदै उहाले २ किस्तामा गरेर लाभग्राहीलाई ५० हजार उपलब्ध गराएको जानकारी दिनुभयो । सुरक्षित नागरिक आवासका लागि सम्झौता भएका २४० घरमध्ये हालसम्म १०६ घरले दोस्रो किस्ता निर्माण सकेपछि लगीसकेका छन।

    हालसम्म वालिङ नगरपालिकाबाट अहिलेसम्म १५० घरले रु ७५ लाख बराबरको जस्तापाता लगेका छन् भने सुरक्षित नागरिक आवास कार्यक्रममार्फत १०६ घरले रु ५० हजार रकम बुझेका आलेले बताउनुभयो । नगरपालिकामा आवेदन दिएका ४३१ घरमध्ये १७५ घर निर्माण हुन बाँकी रहेका छन् । प्रति घरलाई रु ५० हजारका दरले हालसम्म रु एक करोड २७ लाख खर्च भएको आलेले बताउनुभयो । १४ वटा वडा रहेको नगरपालिकाका वडा नं २ मा ३, ३ मा ४८, ४ मा ५२, ५ मा ३९, ६ मा २१, ७ मा ४८, ८ मा २८, ९ मा ६, १० मा १५, ११ मा ९, १२ मा ५६, १३ मा १७ र १४ मा ८९ घरले खरका छाना विस्थापनका लागि नगरपालिकामा आवेदन दिएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य

    September 13, 2025

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा

    September 4, 2025

    असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने

    September 2, 2025

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    August 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.