स्याङ्जा २० पुस । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा हुने आठौं वालिङ महोत्सव वालिङ खेल मैदानमै हुने भएको छ ।
आगामी माघ १८ गतेदेखी २८ गतेसम्म आयोजना हुने महोत्सव वालिङ नगरपालिकाले खेल मैदानमा गर्न दिने भएको हो । वालिङ नगरपालिकाले वडा अध्यक्षहरूको वैठकवाट महोत्सव सन्चालनका लागि खेलमैदान दिने निर्णय गरिएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
वालिङ नगरपालिकाले राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङ खेलमैदानमा आयोजना गर्दा झण्डै ५० लाखको लागतमा हरियो दुवो लगाएको थियो । अहिले दुवो लगाएको ठाउँमा नगरपालिकाले संरक्षण गर्ने भन्दै तारबार गरेपछि महोत्सव स्थल अन्यौलमा परेको थियो ।
नगरपालिका, वालिङ उद्योग वाणिज्य संघ र सरोकारवाला राजनैतिक दल नागरिक समाज संग राय सल्लाह वमोजिम पुर्ववत स्थानमै महोत्सव सन्चालन गर्न दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
खेलमैदानको दुवो संरक्षणका लागि उद्योग वाणिज्य संघले महोत्सवको नाफाको ५ प्रतिशत रकम खर्च गर्ने जनाएको छ ।