Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ नगरपालिकाको नीति तथा कार्यक्रम सहित १ अर्ब ८ करोड ८९ लाख ८३ हजारको बजेट सार्वजनिक
    अर्थ

    वालिङ नगरपालिकाको नीति तथा कार्यक्रम सहित १ अर्ब ८ करोड ८९ लाख ८३ हजारको बजेट सार्वजनिक

    Syangja SandeshBy Syangja SandeshJune 25, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० असार । स्याङ्जाको वालिङ नगरपालिकाले आ।व।०८०र०८१ को नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १४ औँ नगरसभामा नगरप्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम र उपप्रमुख कबिता तिवारीले बजेट सार्वजनिक गर्नुभएको हो ।


    ‘उत्पादन,रोजगारी र पूर्वाधारःवालिङको विकास र समृद्धिको आधार’ भन्ने उद्गार सहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरमा उत्पादन वृद्धि गरिने लक्ष्य लिइएको छ । बढ्दो बेरोजगारी समस्यालाई नीति तथा कार्यक्रमले समाधान गर्ने लक्ष्य लिइएको छ । गत आ।व।मा तय गरिएका नीति तथा कार्यक्रमहरु र योजनाहरुको सफल कार्यान्वयन भएको जानकारी दिदैँ नगरप्रमुख खाँणले विगतका कोही योजनाहरुको प्रतिफल क्रमशःप्राप्त भैरहेको उल्लेख गर्नुभयो ।


    प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरको कृषि उत्पादन वृद्धि गर्न प्राथमिकता दिइएको छ । नगरभित्रका ६७ प्रतिशत नागरिकहरु कृषिमा आवद्ध रहेकोले उनीहरुको आर्थिक स्तर उकास्नको लागि कृषि क्षेत्रलाई ग्राहयता दिइएको कार्यक्रममा उल्लेख छ ।


    कृषि उत्पादन वृद्धिको लागि ‘एक टोल एक सामुहिक कृषि उत्पादन’नीति अवलम्बन गरी स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सुन्तला,कोदो र अदुवाजस्ता अन्न तथा फलफुलबाट स्थानीय मदिरा उत्पादन एवं लेबलिङ र ब्राण्डिङ गरी नगरको आन्तरिक आय वृद्धि गरिने कार्यक्रमलाई अगाडि सारिएको छ ।


    कृषि तथा पशुपालनमा विशेष जोड दिइएको कार्यक्रममा रैथाने बालीहरुको संरक्षण तथा उत्पादनमा वृद्धि,बाँदर आतङ्क न्युनिकरणको लागि हेरालुको व्यवस्था, दुधको शुद्धताको लागि गोठदेखि ओँठसम्म नीति तय गरिएको छ । नगरको पूर्वाधार विकासको लागि आयोजना बैङ्क स्थापना गर्ने र लगानीमैत्री वातावरणमा लगानीकर्तालाई आकर्षण गरिने नीति लिइएको छ । खानेपानी,यातायात,पार्किङ,सडिक सञ्जाल लगायतको उचित व्यवस्थापन हुने गरी कार्यक्रम अगाडि सारिने नीति तथा कार्यक्रम अगाडि सारिएको छ । यस आ।व।मा थप १५ कि।मि।सडक कालोपत्रे गर्ने लक्ष्य नगरको रहेको छ ।


    आइतबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा ‘शिव पार्वती वृद्धाश्रम’सँग सहकार्य गरी असहाय,अशक्त व्यक्तिहरुको उचित व्यवस्थापन गरिनेछ । नगरप्रमुख खाँणका अनुसार नगरका २५ हजार नागरिकहरु स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् भने १५ हजार जना बीमितले नियमित स्वास्थ्य सेवा लिइरहेका छन् ।


    नगरको समृद्धिको लागि युवा,खेलकुद तथा शिक्षा नीति, सहकारी सम्बन्धी नीति,विपद् व्यवस्थापन,महिला ,बालबालिका तथा जेष्ठ नागरिक लगायतका नीतिहरुको अगाडि सारिएको छ । वालिङ नगरपालिकाले आर्थिक वर्ष ०८०र०८१ का लागि १ अर्ब बढीको बजेट सार्वजनिक गरेको छ ।

    नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले आ।व।०८०÷०८१ को लागि १ अर्व ८ करोड ८९ लाख ८३ हजार विनियोजन गरेको सार्वजनिक गर्नुभएको हो । उपप्रमुखले तिवारीले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ६० करोड ५६ लाख ७१ हजार अर्थात ५६। १३ प्रतिशत र पुँजीगततर्फ ४७ करोड ३३ लख ५१ हजार ४३। ८७ प्रतिशत रहेको छ । विनियोजित बजेटमा आर्थिक विकासका लागि ११ करोड ४० लाख ३३ हजार १५०, सामाजिक विकासमा ६ करोड ५१ लाख ६१ हजार, पूर्वाधार विकासमा ९ करोड ७७ लाख ८००, सुशासन र अन्तर्सम्बन्धतर्फ ३ करोड ५५ हजार ९०० रहेको छ ।


    अनुमानित बजेटको स्रोत व्यवस्थापनको लागि आर्थिक विकासको लागि आन्तरिक स्रोत वृद्धिलाई मुख्य रुपमा लिइएको छ । आन्तरिक आयस्रोत वृद्धि गरी ३१ करोड पु¥याइने लक्ष्य लिइएको छ ।

    संघीय वित्तीय समानीकरणबाट १४ करोड ९६ लाख, संघीय सरकार राजस्व बाँडफाँड १३ करोड २२ लाख ४६ हजार, संघीय सरकार सशर्त अनुदान ४१ करोड ४४ लाख प्रक्ष्येपण गरिएको छ । संघिय सरकार विशेष अनुदान १ करोड ५० लाख, संघीय सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार समानीकरण अनुदान २ करोड ११ लाख ४९ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड १ करोड ५५ लाख ८८ हजार, प्रदेश सरकार ससर्त अनुदान ५० लाख र प्रदेश सरकार समपुरक अनुदान ६० लाख रहेको छ ।


    विनियोजित बजेटबाट नगरपालिकाका १४ वटा वडाहरुमा ६ करोड ५० लाख छुट्याइएको छ । वडाहरुमा पठाइने बजेट संघीय सरकारबाट प्राप्त समानीकरण अनुदानको स्रोत रहने छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.