स्याङ्जा १८ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. ११ ले अपांगता भएका ब्यक्तिलाई घरघरमै पुगेर भेटघाट सहित खाद्य सामाग्री बितरण अभियान सोमबारदेखि सुरु गरेको छ ।
पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले बगालथोक स्थित मुना अर्याल सहित उनका ३ दिदीवहिनीलाई खाद्य सामाग्री प्रदान गर्दै अभियानको सुरु गर्नुभएको हो । सो घरमा मुना सहित ३ दिदीवहिनी दृष्टिविहीन छन् ।
खाद्य सामाग्री हस्तान्तरण गर्दे उपप्रमुख अर्यालले भन्नुभयो्, ‘संघिय सरकारले उपलब्ध गराउदै आएको आर्थिक सहयोगसंगै वडा कार्यालयले फरक क्षमताका ब्यक्तिलाई घरघरमै पुगेर गरेको भेटघाट सहितको सहयोग अनुकरणीय छ । यो अभियान नगरभित्रका सबै वडालाई सिकाई बन्नसक्छ ।’
प्रति ब्यक्ति एक क्रेट अण्डा, चना, हर्लिक्स÷च्वावनप्रास सहितको खाद्य सामाग्री प्रदान गरिएको हो ।
वडाका पूर्ण र आंशिकगरी २७ जना अपांगता भएका ब्यक्तिलाई भेटघाट सहित सहयोग गर्ने लक्ष्य सहित अभियानको थालनी गरिएको वडा अध्यक्ष मनोज पौडेलले जानकारी दिनुभयो ।
‘निर्वाचनका बेला गरिएका प्रतिवद्धता क्रमशः पुरा गर्ने अभियानमा छु।’ यस्ता अभियानले फरक क्षमताका ब्यक्ति, वडाबासीसंग साक्षात्कार हुने र भुगोलका बारेमा समेत जानकार हुन पाइने उहाले बताउनुभयो ।
वितरण कार्यक्रममा वडा सदस्य संजीता अर्याल, वडा सचिव बेलबहादुर थापा लगायतले फरक क्षमताका ब्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक भाव ल्याउन समेत यस्ता कार्यक्रम प्रभावकारी हुनेमा जोेड दिनुभयो । फरक क्षमताका ब्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक भाव ल्याउन समेत यस्ता कार्यक्रम प्रभावकारी हुनेमा उहाहरुले जोेड दिनुभयो ।
यसैगरी, गत महिनादेखि वडाले संचालन गरेको जेष्ठ नागरिक स्वास्थ्य परिक्षण एवं सम्मान कार्यक्रम पनि आजै सोमबार सम्पन्न भएको उपप्रमुख देवी अर्यालले घोषणा गर्नुभयो । वडाले ८० बर्षमाथिका ५५ जनालाई घरघरमा पुगेर सम्मान गरिसकेको छ ।
घरमै आएर भेटवार्ता सहितको सहयोग प्रदान गरेकोमा अभिभावक समेत खुशी ब्यक्त गर्नुभयो ।