स्याङ्जा ११ बैशाख । मानवअधिकार तथा शान्ति समाजले लोकतन्त्र दिवसको अवसर पारेर सोमबार साझ दिप प्रज्वलन गरेको छ । पुतलीबजार नगरपालिका १ अर्थात सदरमुकाम स्थित सहिद चोकमा कोणसभा सहित मैनबत्ती बालेर दिवस मनाइएको हो ।
बैशाख ११ गतेका दिन मनाइदै आएको दिवसमा बोल्दै उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका कोषाध्यक्ष एवं स्याङ्जाका पूर्व अध्यक्ष नवराज सुवेदीले लोकतन्त्रको विकल्प नरहेको बताउनुभयो ।
आम नागरिकका छोराछोरी राष्ट्र प्रमुख हुन पाउनु प्राप्त लोकतन्त्रले उपलब्धी भएको बताउनुभयो । उहाले भन्नुभयो, ‘किसानका छोराछोरी राष्ट्रपति बन्न पाउने अवसर पनि लोकतन्त्रले जुराएको हो । यसकारण लोकतन्त्रको संरक्षण र सहिसदुपयोग गर्न आम नागरिकले चासो पुरयाउनुपर्नेमा जोड दिनुभयो। ’
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज स्याङ्जाका सभापति हरिप्रसाद रेग्मी, उपसभापति भवानी अधिकारीले लोकतन्त्र दिवसको शुभकामना सहित सबै बर्ग तथा समुदायको हितका निम्ति लोकतन्त्रको उपयोग गरिनुपर्ने बताउनुभयो ।
सभामा समाजका पदाधिकारी सहित सदस्यहरु, शिक्षक, ब्यवसायी, स्थानीयबासी एवं समाजसेवी सहभागी थिए ।