स्याङ्जा २३ मंसिर । सामाजिका विकास कार्यालय स्याङ्जाको सहयोग तथा आमा मिलन केन्द्र स्याङ्जाको आयोजनामा अन्र्तक्रिया एवं सचेतना कार्यक्रम गरिएको छ ।
लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर सो कार्यक्रम गरिएको हो । कार्यक्रमको उदघाटन गर्दे जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले मानसिक एवं सामाजिक चेतना बढाएमा लैगिंक हिंसा कम हुने बताउनुभएको छ । उहाले कसैले पनि कसैका मनमा चोट पुरयाउने काम नगर्नु नै हिंसा नगर्नु रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा सामाजिक विकास कार्यालय प्रमुख इश्वरीप्रसाद रेग्मीले लैगिंक हिंसा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै लंैगिक हिसा र उनीहरुका साथ सहयोगी निकायका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक पदमराज थापा, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, महिला नेतृहरु धनकुमारी थापा, तारा मल्ल, सीता गोदार, एशोदा अर्याल, उद्योग वाणिज्य संघका सदस्य रविन केसी, संघका पूर्व द्धितिय उपाध्यक्ष महादेव श्रेष्ठ, लगायतले लैंगिक हिंसा न्यूनिकरणका लागि सचेतनाका कार्यक्रम गरिनुपर्नेमा जोड दिनुभएको थियो ।
आमा मिलन केन्द्रका अध्यक्ष सुनिता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मखमली श्रेष्ठले स्वागत एवं सचिव बिन्दु अर्यालले संचालन गर्नुभएको थियो ।
कार्यक्रमपछि सहभागीहरुले ब्यानर र प्ले कार्ड सहित पुतलीबजार नगरपालिका १ अन्र्तगतका मुख्य बजारको परिक्रमा गरेका थिए ।