Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, October 26
    Trending
    • खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    • पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लुम्बिनी सरकार अल्पमतमा
    लुम्बिनी प्रदेश

    लुम्बिनी सरकार अल्पमतमा

    Syangja SandeshBy Syangja SandeshJuly 2, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    बुटवल, १८ असार । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाउनुभएको छ । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो ।

    लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन् ।

    सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन् ।

    माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले वैशाख १९ गते नै मुख्यमन्त्रीले बहुमत गुमाएको भए पनि प्रदेश प्रमुखसँगको मिलेमतोमा स्वेच्छाचारी ढंगले पुनः नियुक्त भएको दाबी गर्दै अब सबैले देख्ने गरी अल्पमतमा परेकाले राजीनामा दिन आग्रह गरेका छन् ।

    ‘बहुमत गुमेको थाहा पाएरै वैशाख १९ गते राजीनामाको नाटक गरेर पार्टी छाडेका, उपसभामुख र उपस्थित नै नभएका सांसदको किर्ते हस्ताक्षर बुझाएर जालसाजीपूर्वक मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

    जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहषराम यादवले पनि मुख्यमन्त्री नियुक्त हुँदा नै सरकार अवैधानिक रहेको भन्दै अब आफ्नो पार्टीका सांसदले राज्यमन्त्रीबाट राजीनामा दिई सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

    सरकार अल्पमतमा परेसँगै सरकारले प्रदेशसभामा पेश गरेको बजेट पारित नहुने सम्भावना बढेको छ । प्रदेशसभाको बैठक असार २७ गते डाकेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी

    January 11, 2023

    नेपाली कांग्रेस लुम्बिनी सभापतिमा अमरसिंह पुनविजयी

    December 6, 2021

    लुम्बिनीमा नवनियुक्तमन्त्रीहरूद्धारा सपथ ग्रहण

    October 10, 2021

    लुम्बिनीका मुख्यमन्त्री केसीलाई विश्वासको मत प्राप्त

    August 23, 2021

    लुम्बिनीका सात मन्त्रीद्वारा सपथ ग्रहण

    August 12, 2021

    कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

    August 12, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.