स्याङ्जा १७ कात्तिक । पुतलीबजार नगरपालिकाको आर्थिक सहयोग तथा जीवन वाटिका नेपाल स्याङ्जाको आयोजनामा लागु औषध तथा एचआइभी एड्स सम्बन्धी जनचेतना कार्यक्रम गरिएका छन् ।
पुतलीबजार नगरपालिका ३ स्थित भूतपूर्व आवासिय मावि, काजीमान हरिटिका मावि र शिशु निकेतन आवासिय माविका बिद्यार्थीलाई जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएका हुन् ।
भूतपूर्व सैनिक आवासिय माविमा आयोजित कार्यक्रमको उदघाटन गर्दे पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले बिद्यालय तहदेखि नै बालबालिकालाई यस्ता खालका प्रशिक्षणले उनीहरुलाई सकारात्मक प्रभाव पार्ने र लागु औषध जस्ता कुलतमा नफस्ने बताउनु भयो । यस्ता कार्यक्रमलाई नगरभित्रका सबै विद्यालयमा प्रशिक्षण दिनु पर्ने बताउदै बालबालिकाले आफु मात्र नभई अभिभावकलाई समेत सिकाउन उत्पे्ररित गर्नेमा जोड दिनुभयो ।

भूतपूर्व सैनिक आवासिय माविका अध्यक्ष सुवेदार कृष्णमान श्रेष्ठ, काजीमान हरिटिका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनुप श्रेष्ठ र शिशु निकेतन माविका प्रिन्सिपल मनोज मल्ल लगायतले कार्यक्रमको प्रभावकारिताका बारेमा आ आफना धारणा सहित सुझाव ब्यक्त गर्नुभएको थियो ।
जीवन बाटिका नेपाल स्याङ्जाका अध्यक्ष नविन अर्यालले प्रशिक्षण दिनुभएको थियो । तीन वटै बिद्यालयका कक्षा ८, ९ र १० मा अध्ययरत बालबालिकालाई प्रशिक्षण दिइएको थियो ।