Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » रोयल सहकारीको २२ औं साधारणसभा सम्पन्न, ४ जनालाई सम्मान
    अर्थ

    रोयल सहकारीको २२ औं साधारणसभा सम्पन्न, ४ जनालाई सम्मान

    Syangja SandeshBy Syangja SandeshOctober 16, 2023Updated:October 16, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ असोज । रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं साधारणसभा सम्पन्न भएको छ ।

    पुतलीबजार नगरपालिका १ स्थित केन्द्रिय कार्यालयमा आयोजित साधारणसभाको उदघाटन गर्दे रोयल तथा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुवेदार कृष्णमान श्रेष्ठले जुन ब्यवसायका लागि कर्जा लिइएको हो सोहीमा लगानी गरे सफल हुने बताउनुभयो । एकातीर कर्जा लिदै अर्कोतर्फ बुझाउदै गर्ने प्रचलनले धेरै बैंक तथा बित्तीय संस्थाहरु डुब्दै गएको जनाउदै उहाले यसतर्फ सबै सरोकारवालाले ध्यान दिनु पर्ने बताउनुभयो ।

    कार्यक्रममा संस्थापक अध्यक्ष एवं मुक्तिनाथ विकास बैंकका कार्यकारी अध्यक्ष भरतराज ढकालले सहकारीले अव कृषितर्फ जोड दिनु पर्ने बताउनुभयो । अन्य जिल्लाका तुलनामा स्याङ्जा कृषिका लागि अत्यन्त उर्वर क्षेत्र रहेको जनाउदै अवको आर्थिक सम्मृद्धि कृषि बाटै गर्नुपर्ने उहाले बताउनुभयो ।

    रोयल सहकारीका निवर्तमान अध्यक्ष भरतप्रसाद लम्साल, सुन्तला सुपरजोन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना प्रमुख माधव लम्साल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, स्याङ्जा अपांग समाज स्याङ्जाका अध्यक्ष युवराज पराजुली, प्राइम कमर्शशियल बैंक पुतलीबजार शाखा प्रवन्धक शालिकराम लामिछाने, राष्ट्रिय सहकारी बैंकका निमित्त प्रमुख फणिनारायण कोइराला (दिपक), शेयर सदस्य लोकराज शर्मा लगायतले आर्थिक मन्दीका समयमा पनि रोयल सहकारीको संचालनको अवस्था राम्रो देखिएको जनाउदै खुशी ब्यक्त गर्नुभएको थियो ।


    कार्यक्रममा अध्यक्ष नारायणप्रसाद पौडेलले बार्षिक प्रतिवेदन, सचिव प्रकाश डोटेलले बार्षिक नीति तथा कार्यक्रम, कोषाध्यक्ष बद्रीप्रसाद श्रेष्ठले बार्षिक कार्यक्रम तथा बजेट, लेखा सुपरीवेक्षण समिति संयोजक देवराज ढकालले आर्थिक प्रतिवेदन, ऋण कर्जा उपसमितिका संयोजक बिष्णु प्रसाद पोखरेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


    सोही कार्यक्रममा लेख, रचना, कला, साहित्य मार्फत सहकारी बिधामा बिशेष योगदान पुरएको भन्दै पत्रकार भवानी अधिकारीलाई सम्मान गरिएको छ । उहालाई प्रमाणपत्र, करुवा र नगद सहित सम्मान एवं पुरस्कृत गरिएको हो ।
    यसैगरी, सहकारीका नियमित बचतकर्ता खडगबहादुर अधिकारी, ऋण भुक्तानीकर्ता शुशिला श्रेष्ठ र सहकारीका उत्कृष्ठ कर्मचारी चण्डीप्रसाद भण्डारी पनि पुरस्कृत हुनु भएको छ ।


    उहाहरु सबैलाई सहकारीका पूर्वअध्यक्ष सु. कृष्णमान श्रेष्ठ, संस्थापक अध्यक्ष भरतराज शर्मा र अध्यक्ष नारायणप्रसाद पौडेलले प्रमाणपत्र, नगद र करुवा सहितले सम्मान गर्नुभएको हो ।


    सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका उपाध्यक्ष बिष्णुप्रसाद पोखरेलले स्वागत एवं सचिव प्रकाश डोटेलले संचालन गर्नुभएको थियो ।


    स्याङ्जा सदरमुकाममा स्थापित रोयल सहकारी जिल्लाकै उत्कृष्ठ सहकारी मध्ये पर्दछ। सहकारीको ६ तले लिफिटङ् सहितको सुबिधासम्पन्न भवन र झण्डै ५५ आना जग्गा छ। मुक्तिनाथ विकास बैंकको संस्थापक सदस्य हो। मुक्तिनाथ कृषि कम्पनीको स्रोत केन्द्र हो। साधारणसभाले समयसापेक्ष अनुरुप बहुक्षेत्रमा काम गर्ने उदेश्ले बहुउदेश्यीय सहकारीका रुपमा रुपान्तरण गर्ने निर्णय समेत पारित गरेको सहकारीका सचिव प्रकाश डोटेलले जानकारी दिनुभयो ।


    सहकारीको चालु आ.व.को अन्त्यसम्ममा शेयर पुँजी ४ करोड, निक्षेप संकलन २५ करोड ६२ लाख र ऋण लगानी २५ करोड पुरयाउने लक्ष्य लिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.