Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रियसभा निर्वाचन देशभर १९ पदमा ५२ जनाको उम्मेदवारी दर्ता
    समाचार

    राष्ट्रियसभा निर्वाचन देशभर १९ पदमा ५२ जनाको उम्मेदवारी दर्ता

    Syangja SandeshBy Syangja SandeshJanuary 9, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ पुस । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेका छन् ।

    देशका सातवटै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको थियो । सात वटै प्रदेशमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी एमाले, राप्रपा लगायत दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

    सत्तारुढ गठबन्धनमा रहेका दलहरु मध्ये कांग्रेसबाट १० जना, माओवादीबाट ६ जना, नेकपा एकीकृत समाजवादीबाट दुई जना, जनता समाजवादी पार्टीबाट एक जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, प्रतिपक्षी एमालेले १९, राप्रपाले ९, नेपाल मजदुर किसान पार्टीले ४ तथा जनमत पार्टीले १ सिटमा उम्मेदवारी दिएको छ । अहिलेसम्म प्राप्त बिवरण अनुसार कुल ५२ जनाले उम्मेदवारी दिएका छन् ।

    जसमा कोशी र मधेश प्रदेशमा ५÷५, बागमतीमा १५, गण्डकीमा ८, लुम्बिनीमा ७, कर्णाली र सुदुरपश्चिममा ६÷६ जनाको उम्मेदवारी परेको छ । दर्ता भएको उम्मेदवारीउपर आज दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुने छ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । उम्मेदवारलाई पुस २८ गते निर्वाचन चिह्न प्रदान गरिने छ ।

    मतदान माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने छ । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।

    राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ । आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ ।

    स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष सकिन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.