स्याङ्जा २ माघ । आज २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विविध कार्यक्रम गरी स्याङ्जामा पनि मनाइएको छ । वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज (आइतवार) देशभर विभिन्न सचेतनामूलक कार्यक्रमगरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ ।
यो वर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आधीखोला ब्यारेक अन्र्तगत समरजीत गुल्मको संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भुकम्प कसरी आउन सक्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा जानकारीमूलक छोटो छोटो नाटक प्रर्दशन गर्दे स्याङ्जामा मनाइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
