Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 11
    Trending
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    • साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    • काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि वालिङ् खेलमैदान निर्माणकार्य अन्तिम चरणमा
    खेलकुद

    राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि वालिङ् खेलमैदान निर्माणकार्य अन्तिम चरणमा

    Syangja SandeshBy Syangja SandeshOctober 12, 2022Updated:October 12, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै निर्माण गरिएको वालिङ्को खेलमैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताका दिन नजिकिदै गर्दा निर्माण कार्यलाई तिव्र पारिएको छ।


    गण्डकी प्रदेशको पोखरामा हुने प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला फुटबल प्रतियोगिता भने वालिङमा गरिने भएको हो। असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा प्रतियोगिता हुनेभएको छ।


    खेलमैदान सम्याएर दुवो विछ्याउने काम अन्तिम चरणमा पुगेको छ। आज (मंगलबार) साँझसम्ममा बिछ्याउने काम पुरा हुने पनि नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो। दैनिक सयदेखि २ सयजनाले श्रमदान गर्दै निर्माणकार्यमा जुटेका छन्।
    खेलमैदान चक्लाउनेदेखि दुवो छ्यिाउनेसम्मका काममा प्रमुख खाँण सहित, जनप्रतिनिधी, स्थानीयबासी, खेलाडी, खेलप्रेमी युवायुवती, सशस्त्र, प्रहरी लगायतको टोली सहभागी भएको उहाले बताउनुभयो ।


    उहाले भन्नुभयो, ‘सिमित सार्वजनिक खेलमैदान थियो। त्यहाँबाट मात्र खेलाउन सम्भव थिएन। खेलमैदान बिस्तारका लागि बिद्यालय र निजी जग्गाधनीको समेत सहयोग छ।’ पोखरा र नारायणघाटबाट दुवो ल्याइएको हो। दुबोका लागि मात्र ४५ लाख खर्च भएको छ। एकसय ११०×७० स्क्वायर मीटर दुबो बिछ्याइदै छ। मैदानको पूर्ण तयारी गर्दा झण्डै १ करोड लाग्ने प्रमुख खाँणले बताउनुभयो ।


    राष्ट्रिय खेलकुद परिषदले १० लाख उपलब्ध गराउने भएको छ भने बाँकी रकम वालिङ् नगरपालिकाले नै ब्यहोर्नुपर्ने भएको छ। यसका लागि जिल्ला स्थित गाउँपालिकाले २÷२ लाख र नगरपालिकाले ३÷३ लाख सहयोग गर्ने भएका छन्। यहाँ ५ नगरपालिका सहित ६ गाउँपालिका छन्।


    खेलमैदानको स्तरोन्नतिसँगै राष्ट्रियस्तरको फुटवल प्रतियोगिता सञ्चालन गर्ने अवसर वालिङलाई जुटेकोमा स्याङ्जाबासी सहित खेलाडी, खेलप्रेमी लगायत सबैलाई उत्साही बनाएको छ।


    खेलमैदान निर्माणसंगै धेरै खेलाडी उत्पादन गरेको स्याङ्जामा सुबिधासम्पन्न खेलमैदानको आवश्यकतालाई पुरा गरेको उपप्रमुख कविता तिवारीको भनाई छ ।


    झण्डै ४ दशकपछि पोखरामा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई स्याङ्जाबासीले समेत महत्वकासाथ हेरेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.