काठमाडौं २१ साउन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीवारदेखि बन्द प्रशिक्षण शुरु गरेको छ । आगामी सेप्टेम्बरमा ओमनमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको क्यानले जनाएको छ ।
लिग–२ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । त्यसमा नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार व्यहोरेको छ । नेपाल चार अङ्क जोड्दै छैटौं स्थानमा छ ।त्यसैगरी दश खेल खेलेको ओमान १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । बाह खेलमा १२ अङ्क बटुलेको अमेरिका दोस्रो स्थानमा छ । बन्द प्रशिक्षणमा सहभागी खेलाडीका नामावली यसप्रकारका छन् ।
![](https://syangjasandesh.com/wp-content/uploads/2021/08/Game-name.jpg)