स्याङ्जा २८ जेठ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. २ को आयोजना तथा रेडक्रस सोसाइटी स्याङ्जाको समन्वयमा रक्तदान कार्यक्रम गरिएको छ ।
देवीस्थानमा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गर्नुभएको थियो । २५ जना पुरुष र २ जना महिलाले रक्तदान गर्नुभएको हो । यो संगै २७ पिन्ट रगत संकलन भएको छ । रक्तदातालाई प्रमाणपत्र बितरण गर्दै संबिधानसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापाले नवनिर्वाचित पुतलीबजार नगरप्रमुखले जिल्ला अस्पतालमा ब्लड बैंकको स्थापना गरेसंगै अबदेखि रगतहरु यही संकलन गर्न सकिने भएको बताउनुभयो । ब्लड बैंकको अभावमा यहाँ संकलित रगत वाहिरी जिल्लामा पठाउनुपर्ने वाध्यता हटेको भन्दै युवाजनशक्तिलाई यस्तै खाले रचनात्मक कार्य गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा प्रवक्ता भरतप्रसाद लम्साल, वडा सभापति बालकुमार गुरुङ, रेडक्रसका मन्त्री रामचन्द्र अर्याल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेपाल तरुण दल वडा नं. २ का अध्यक्ष केशवबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महाधिवेशन प्रतिनिधि युवराज पराजुलीले गर्नुभएको थियो ।
Friday, January 31
Trending
- लागु औषध सहित १९ बर्षिय सेन्चुरी पक्राउ
- पुतलीबजारका एक हजार ७२० लाई एचपिभी खोप लगाइदै
- पुतलीबजारले एक सय २० वटा हाते टयाक्टर बितरण
- गल्याङमा मगर भाषा अर्थात अक्खा लिपि प्रशिक्षण
- पञ्चकन्या मन्दिर स्थित नवग्रह मन्दिर ब्यवस्थापन समिति अध्यक्षमा भरत
- सुरक्षा परिषद प्रताव नं. १३२५ र १८२० का बारे स्याङ्जामा अन्तर्रक्रिया
- पूर्व शिक्षामन्त्री मेखलाल श्रेष्ठद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
- भूमि समस्या समाधान आयोग स्याङ्जाका अध्यक्ष तारा शर्माद्धारा पद बहाली