स्याङ्जा १६ असार । यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीको आयोजनामा यातायात सेवा ब्यवस्थापन सम्बन्धी सरोकारवालासंग अन्र्तक्रिया गरेको छ ।
यातायात सेवा ब्यवस्थापन, समस्या, चुनौती र समस्या समाधानका उपायहरु बिषयक अन्र्तक्रिया गरिएको हो । स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले यातायात ब्यवस्था कार्यालय, सवारी साधन संचालक सहित साधनमालिक लगायत यात्रुहरु सबैजना सचेत बन्नु र बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले यातायात प्रणाली अनुरुपका कानून नबन्दा कठिनाई बनेको जनाउदै चेकजाँच प्रणालीको ब्यवस्थापनका लागि प्रबिधिमा जोडिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले ट्राफिक ब्यवस्थापन र बर्तमान अवस्थाका बारेमा र यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीका प्रमुख डिल्लीराम रिजालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
अन्र्तक्रियामा यातायात ब्यवसायी, संचालक, कर्मचारी लगायतको सहभागीता थियो ।