एजेन्सी, ८ असार । संयुक्त राष्ट्रसंघले म्यानमारमा सेनाले सत्ता हत्याए यताको ५ महिनाको अवधिमा १ लाख ७५ हजार मानिसले थातथलो छाडेको जनाएको छ । म्यानमारका लागि राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि क्रिश्टिन स्क्रानर बर्जनरले सुरक्षा परिषदलाई करीब १० हजार शरणार्थी भारत र थाईल्याण्ड भागेको जानकारी दिनुभएको छ । विशेष प्रतिनिधिले म्यानमारको अहिलेको अवस्था निकै चिन्ताजनक र खराब रहेको पनि बताउनु भएको छ ।यसबीचमा ६ सय जना मारिएको, ६ हजार जना पक्राउ परेको र सय जना मानिस अहिले पनि हराईरहेको भन्दै उहाँले पक्राउ परेका मध्ये ५ हजार जना अहिले पनि थुनामा रहेको बताउनुभयो । थात थलो छाडेका मध्ये अधिकांश स्थानीय स्तरमै विस्थापित बनेको बनेको उहाँको भनाइ थियो । अर्को वर्षसम्म म्यानमारको आधा जनसंख्या गरिबीको रेखामुनि जानसक्ने जानकारी आफूले सुरक्षा परिषदलाई दिएको भन्दै विशेष प्रतिनिधि बर्जनरले म्यानमारको सैनिक कु लाई हेर्ने विषयमा सुरक्षा परिषदमा मतैक्यता नभए पनि मानवीय पक्षलाई ध्यानमा राख्दै सहमतिमा आउनुपर्ने बताउनुभयो ।
Sunday, November 16
Trending
- एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
- राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
- कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
- गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
- सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
- हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
- मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण
- प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
