स्याङ्जा ११ पुस । स्याङ्जा मुस्लिम युथ क्लबले बहिरा बिद्यालयका बिद्यार्थी र कर्मचारीगरी ३० जनालाई बिद्यालय पोशाक उपलब्ध गराएको छ ।
पुलतीबजार नगरपालिका ३ स्थित चण्डिकालिका बहिरा आधारभूत बिद्यालयमा अध्ययरत २५ बिद्यालय र ५ शिक्षक÷कर्मचारीलाई आइतवार बिद्यालय पोशाक प्रदान गरेको हो ।
पोशाक प्रदान गर्दै बिद्यालय भवन निर्माणका जग्गादाता एवं बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष अमिरबक्स मियाले सबैको सहयोगबाट बिद्यालय सञ्चालन गरेर यहाँसम्म आइपुगेको बताउनुभयो । बिद्यालय परिसरमा तारवारका काम बाकी रहेकाले बालबालिका सहित बस्नु पर्दा कठिनाई भएको उहाले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति तुलसीराम रेग्मी, गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, महाधिवेशन प्रतिनिधीहरु श्रीराम उपाध्याय र सीता गोदार, ट्रेड यूनियन कांग्रेसका महासचिव दिर्घनारायण शर्मा, मुस्लिम संघका सभापति अलि मोहम्मद मिया, अध्यक्ष कमलकान्त उपाध्याय, उद्योग वाणिज्य संघका कोषाध्यक्ष शा खालिद लगायतले फरक क्षमताका यी बालबालिकालाई र बिद्यालयका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बिधालयमा अध्ययरत २५ जना छात्रछात्रा र ५ जना शिक्षकलाई स्कुल पोशाक, हाइनेक लगायतका सामाग्री उपलब्ध गराइएको हो । स्याङजा युथ क्लबका अध्यक्ष सागिर अलिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन महासचिव मुबारक मियाले गर्नुभएको थियो ।
यसअघि पनि मुस्लिम युथ क्लवको सक्रियतामा बिभिन्न आर्थिक अभावमा रहेकालाई आर्थिक सहयोग तथा सामाजिक सेवा गर्दै आएको छ ।