काठमाण्डौ २ भदौ । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सपथ लिनुभएको छ । योसँगै उहाँ नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत बन्नुभएको छ ।
बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । उहाले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो । प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालय भने मुख्यमन्त्री शाक्यले तत्काल आफ्नै जिम्मेवारीमा राख्नुभएको छ ।