Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मुक्तिनाथ बैंकको फेदीखोलामा वित्तीय साक्षरता
    फेदिखोला गाउँपालिका

    मुक्तिनाथ बैंकको फेदीखोलामा वित्तीय साक्षरता

    Syangja SandeshBy Syangja SandeshSeptember 16, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ भदौ । मुक्तिनाथ विकास बैंक फेदीखोला शाखाले आयोजना गरेको वित्तीय साक्षरतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले कमाएर मात्रै नभएर बचत गर्ने बानीको विकास गर्न महिलाहरुलाई आग्रह गर्नुभएको छ । उहाले मान्छेले कमाएर मात्रै नभएर बचत गर्ने बानीको विकास भएमात्रै धनी बन्न सकिने बिचार व्यक्त गर्नुभयो ।

    मानिसमा आधुनिकतासँगै दैनिक खर्चको दर बढेको बताउँदै बैंक प्रमुख पोखरेलले खर्चको दर बढ्दै गएपनि त्यसलाई नियन्त्रण गरेर बचत गर्ने बानीको विकास गर्नुको विकल्प नरहेको सुनाउनुभयो । फजुल खर्चलाई नियन्त्रण गर्दै बचत गर्ने बानीको विकास गरेमात्रै आर्थिक प्रगति हुने पोखरेलको भनाई थियो ।

    लद्युवित्त क्षेत्रमा बैंकले चर्को ब्याज लिने गुनासो आईरहेको प्रति चासो व्यक्त गर्दै प्रमुख पोखरेलले नेपालमा स्थापित बैंकले लद्युवित्त संचालनमा रहेका दक्षिण एसियाका देशमध्ये नेपालमा सस्तो ब्याजदरमा कर्जा लगानी गरेको दाबी गर्नुभयोे । एसियाका अन्य मुलुकमा चर्को ब्याजदर छ तर नेपालमा अन्यको तुलनामा सस्तो ब्याजदर रहेको प्रमुख पोखरेलले बताउनुभयो ।

    कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्ण बहादुर रानाभाट, वडा नं. १ का वडाध्यक्ष अमृत क्षेत्रीले महिला समूह गठन गरेर बैंकले समूह जमानतमा गरेको लगानीले महिलालाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

    वित्तीय साक्षरता कार्यक्रममा मुक्तिनाथ विकास बैंकका उप–क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नबिन काफ्ले, अनुगमन अधिकृत बालकृष्ण रेग्मीले महिलाहरुलाई आर्थिक रुपमा विकसित बनाउन सकेमात्रै समाज परिवर्तन हुने बताउनुभयो । जति मिठा भाषण गरेपनि महिलाको आर्थिक अवस्था सुधार नगरेसम्म समाज परिवर्तन गर्न नसकिने उनहिरुले जिकिर गर्नुभयो ।

    त्यस अवसरमा मुक्तिनाथ कृषि कम्पनीका बजार प्रबन्धक धनीराम शर्माले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गराउन कम्पनीले प्रविधिमा जोड दिएको बताउनुभयो । प्रविधिको प्रयोग विना उत्पादन बढाउन नसकिने उनको भनाई थियो । कृषिमा प्रविधि भित्र्याउन कृषकसँग सहकार्य गर्न कम्पनी तयार रहेको उहाले जानकारी गराउनुभयो ।

    बैंकको लद्युवित्त विभाग अन्र्तगत गठित महिला सदस्य कलावती बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सरस्वती रेग्मीले गर्नुभएको थियो । त्यस अवसरमा बैंकका फेदीखोला शाखाका प्रमुख खुमबहादुर घर्तीले स्वागत तथा शाखाको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

    मुक्तिनाथ विकास बैंक फेदीखोला शाखा अन्र्तगत गठित ८५ महिला समूहमा करिब १८ सय महिला सदस्यहरु आबद्ध छन् । समूहमा आबद्ध महिलालाई झण्डै १६ करोड लगानी गरेको बैंकले जनाएको छ । बैंकले स्याङ्जाको फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिका सहित कास्कीको पोखरा महानगरपालिका वडा नं. २१ र २२ मा सेवा प्रबाह गर्दै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.