Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मातृभुमिका विद्यार्थीलाई नेपाली सेनाको एनसीसी तालिम
    पुतलीबजार नगरपालिका

    मातृभुमिका विद्यार्थीलाई नेपाली सेनाको एनसीसी तालिम

    नेपाली सेनाले स्याङ्जाका विद्यार्थीहरुलाई राष्ट्रिय सेवादल तालिम अर्थात एनसीसी तालिम दिएको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 2, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ असार । नेपाली सेनाले स्याङ्जाका विद्यार्थीहरुलाई राष्ट्रिय सेवादल तालिम अर्थात एनसीसी तालिम दिएको छ । युवायुवतीलाई राष्ट्रप्रेम बनाउनुका साथै लागुऔषध दुव्यसनी र विपद व्यवस्थापनमा सहयोग पुग्ने उदेश्य राखेर नेपाली सेनाले विद्यार्थीलाई एनसीसी तालिम दिएको हो । स्याङ्जामा नेपाली सेनाले हरेक बर्ष दुई विद्यालयका विद्यार्थीलाई यस्ता तालिम दिदै आएको छ ।

    यो बर्ष नेपाली सेनाले एउटा मात्रै विद्यालयका विद्यार्थीलाई एनसीसी तालिम शुरु गरेको जनाएको छ । पुतलीबजार नगरपालिका १३ स्थित सतौ हटिया लाम्पाटामा रहेको मातृभुमि विद्यालयमा राष्ट्रिय सेवा दल तालिम शुरु भएको आँधीखोला व्यारेक शार्दुल सिंह गुल्मका गुल्मपति पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो। तालिममा ३६ जना विद्यार्थीको सहभागिता रहेको छ । १८ जना छात्र र १८ जना छात्राले असार ३०गते सम्म यो तालिममा सहभागी हुने गुल्मपति सेनानी कार्कीले बताउनुभयो । आदर्श नागरिक र राष्ट्रप्रति माया जगाउने नै यसको मुलभुत उदेश्य हो गुल्मपति कार्कीले भन्नुभयो ,‘विद्यार्थीले यो तालिमबाट सैद्धान्तिक र व्यवहारीक सिक्ने छन् ।’ जसले समाजमा आइपरेका समस्या सगँ जुध्न र असल नागरिक बनाउन टेवा पुग्ने विश्वास सेनाले लिएको छ उहाले भन्नुभयो ।

    नेपाली सेनाद्धारा आयोजित तालिममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, समन्वय शिक्षक, पुतलीबजार १३ का वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावकहरुले शुभारम्भको अवलोकन गरेका थिए । नेपाली सेनाले ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हा’े भन्ने आर्दश वाक्य रहेको राष्ट्रिय सेवा दलबाट संचालित तालिमले युवाहरुलाई अनुशासित बनाउने, युवाहरुमा ईमान्दारिता तथा बफादारिताको भावनाको विकास गराउने, युवाहरुमा राष्ट्रियताको भावनाको विकास गर्ने, युवाहरुमा नेतृत्व क्षमताको विकास गर्ने, र विपदको समयमा उद्धार तथा राहत कार्यमा स्वयं सेवकको भुमिका निर्वाह गर्न सक्ने असल तथा अनुशासित नागरिक बनाउन अभिप्रेरित गर्ने सेनानी कार्कीले बताउनुभयो ।

    स्याङ्जामा ५ बर्षदेखी यो तालिम संचान हुदै आएको छ । अहिले सम्म राष्ट्रिय सेवादलको तालिम झण्डै ५ सय विद्यार्थीले लिइसकेको सेनानी कार्कीले बताउन्भयो । वि।सं। २०२२ देखि देशभर हालसम्म सिनियर डिभिजन तर्पm १२ हजार ५ सय १५ जना र जूनियर डिभिजन तर्फ ६१ हजार ९ सय ६५जना गरी कूल ७४ हजार ४ सय ८० जना क्याडेट छात्रछात्राहरुले सफलतापूर्वक रासेद अर्थात एनसीसीको तालिम प्राप्त गरी सकेको नेपाली सेनाले जनाएको छ ।

    यस तालिममा उत्कृष्ट नतिजा ल्याउने क्याडेट छात्र÷छात्राहरु र विद्यालयहरुले राष्ट्रिय स्तरमै पहिचान प्राप्त गरी बिभिन्न शिल्ड, मेडल तथा पुरुस्कारहरु प्राप्त गर्ने व्यवस्था रहेको छ । मित्रराष्ट्रहरु भारत, श्रीलंका, वंगलादेश, भुटान, माल्दिभ्स र पाकिस्तानमा संचालन हुने यूवा आदान प्रदान कार्यक्रममा राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि प्राप्त गर्ने बताइएको छ । नेपाली सेनाले दिदै आएको यो तालिमले समाजमा लागुऔषध दुव्यसनीको न्युनिकरण र बेला बेलामा आइपर्ने प्रकृतिक विपदजन्य व्यवस्थापनमा ठुलो सहयोग हुदै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.