स्याङ्जा १० पुस । गण्डकी प्रदेश शिक्षा, संस्कृति तथा विज्ञान प्रविधि मन्त्रालयको आर्थिक सहयोग र नारी समता केन्द्र स्याङ्जाको आयोजनामा ७ दिने झोला बनाउने तालिम सुरु भएको छ ।
तालिमको उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जीटीले महिलालाई आत्मनिर्भर बनाउन यस्ता तालिम प्रभावकारी बन्ने बताउनुभयो । उहाले तालिममा सिकेका सीपलाई ब्यवहारमा लागु गरि ब्यवसायी बन्न समेत सुझाव दिनुभयो ।
कार्यक्रममा वडाअध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस महासमिति सदस्य सीता गोदार, काग्रेस नगर सभापति सुरजकुमार अधिकारी, महाधिवेशन प्रतिनिधि धनकुमारी थापा, जिल्ला सदस्य सुनिता पौडेल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, पत्रकार युवराज पौडेल, प्रशिक्षक पम्फा नेपाली लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
नारी समता केन्द्रका अध्यक्ष तारा मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कोषाध्यक्ष नन्दकुमारी थापाले गर्नुभएको थियो । तालिममा पुतलीबजार नगरपालिकाका ४० जना महिला सहभागी छन ।
महिलाका लागि लक्षित तालिम आइतवारदेखि सुरु भएको हो । तालिममा पुतलीबजार नगरक्षेत्रका महिलाहरुको सहभागिता छ ।

