स्याङ्जा २९ असार । नेपालका लागि अष्टे«लियन राजदुत फेलिसिटी भोल्कले महिलालाई सक्षम बनाउन सके मात्र स्थानीय सरकार सफल हुने बताउनुभएको छ । महिला सक्षम र आर्थिक रुपमा बलियो बनाउन नितिगत ब्यवस्था गरिनुपर्नेमा उहाले जोड दिनुभयो ।
स्याङ्जाको वालिङ नगरपालिकामा मंगलबार दिउसो आयोजित शिष्टाचार भेटघाट कार्यक्रमलाई बोल्दै राजदुत भोल्कले सबै बालिका र महिलालाई उचित शिक्षा र नेतृत्वमा सक्षम बनाउनु पर्नेमा उहाले जोड दिनुभयो । ‘सक्षम महिला नेतृत्व विकासका लागि अष्टे«लिया सहकार्य गर्न तयार छ।’ उहाले भन्नुभयो ।
अष्टे«ेलियाका केही स्थानीय तह र वालिङबीचको गरिएका निती, नियमका मोडेलहरु अवलम्बन गरेको पनि उनले जानकारी दिईन्। अष्टे«लिया सरकार र नेपालका केही पालिकाको सहकार्यमा सञ्चालित परियोजनाले सफलता पाएकोमा उहाले खुशी व्यक्त गर्नुभयो ।
नगरप्रमुख कृष्ण खाँणले वालिङ् र अष्ट्रेलिया सरकारबीचको समन्वय र सम्बन्धले दिगो विकास र मित्रतामा थप सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयोे। प््रामुख खाँणका अनुसार, वालिङ नगरपालिका र दी एसिया फाउण्डेशनबीच सम्झौता भई सञ्चालनमा रहेको स्थानीय सरकार सबलीकरण कार्यक्रमले नगर विकासको लागि सहयोग पुगेको बताउनुभयो ।
उपप्रमुख कविता तिवारी सहित कार्यपालिका सदस्यबीच महिला विकास तथा नेतृत्व क्षमता अभिवृद्धिको लागि राजदुत भोल्कसँग अन्तक्र्रिया पनि गरिन्। उपप्रमुख तिवारीले महिला सक्षमता कार्यक्रमको लागि अष्टे«लियन सरकारको सहयोग रहने अपेक्षा व्यक्त सुनाउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले नगरपालिकाले गर्दै आएका काम कारवाही, फोहोरमैला व्यवस्थापन, कोभिड–१९ प्रभावितहरुको व्यवस्थापन, मोबाइल एप्स तथा सुचना प्रविधिको प्रयोग बारे पनि जानकारी गराउनुभयो ।
राजदुत भोल्क लगायतको समूहले वालिङले सञ्चालन गरेको इनोभेशन सेन्टर, फोहोरमैला व्यवस्थापन केन्द्रको पनि अवलोकन गरेका छन्। फोहोरमैला ब्यवस्थापनका क्षेत्रमा वालिङ् पटक पटक उत्कृष्ठ नगर घाषित भैसकेको छ।
वालिङ र दी एसिया फाउण्डेशनले महिला तथा सिमान्तकृत जातीलाई राज्यका मूलधारमा ल्याउनका निम्ति निति, नियम बनाउने कार्यमा सहयोग गर्दे आएको छ।
Tuesday, November 26
Trending
- उद्योग दिवसमा स्याङ्जाका ५ युवा उद्यमीलाई सम्मान
- नेपाली कांग्रेस स्याङ्जाद्धारा क्रिकेट खेलाडी र संघलाई नगद सहित सम्मान
- अर्जुनचौपारीद्धारा महिला क्रिकेट खेलाडीलाई नगद सहित सम्मान
- पुतलीबजार नगरपालिका १ कार्यालयद्धारा क्रिकेट खेलाडीलाई सम्मान
- पुतलीबजार नगरपालिकाले आउदो नगरसभामा क्रिकेट महिला खेलाडीलाई सम्मान गर्ने
- रोशनी माविद्धारा ४ खेलाडी रअध्यक्ष सहितलाई सम्मान
- खुमा अर्याल फाउण्डेसनद्धारा जनही एक लाख नगद सहित खेलाडी सम्मान र स्वास्थ्य शिविर
- ‘नेपाली काँग्रेसकोे सय दिने बिशेष अभियान स्याङ्जामा सुरु’