स्याङ्जा २ कात्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत वालिङमा संचालित राष्ट्रिय महिला फुटवल प्रतियोगिताको सेमिफाइनल खेल पुरा भएको छ।
मंगलबार सम्पन्न सेमीफाइनलका खेलबाट नेपाल पुलिस क्लब र एपीएफ क्लब फाइनल पुगेका हुन। फाइनल खेल कात्तिक ३ गते हुने भएको छ।
सेमिफाइनलमा पुलिसले — प्रदेश १ र एपीएफले — त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।
प्रतियोगिताको पहिलो खेलमा पुलिसले प्रदेश १ लाई ०— ३ गोलको अन्तर सहित फाइनलको यात्रा तय ग¥यो।
पुलिसका रेखा पौडेल, निर्मला विक र निर्मला उपाध्यायले एक÷एक गोलको योगदान गर्न सफल रहे।
यसैगरी, दोस्रो खेलमा एपीएफले आर्मीलाई ०—१ गोल गर्दै फाइनलमा पुगेको हो । मध्यान्तर पछिको खेलमा सावित्रा भण्डारीको गोल नै निर्णायक बन्यो र एपीएफलाई फाइनलको यात्रा सुनिश्चित गराउन सफल रह्यो।
अब पुलिस र एपीएफ क्लबले उपाधीका लागि (भोली) कात्तिक ३ गते बिहीबार प्रतिस्पर्धा गर्ने भएका छन्।
असोज २७ गतेदेखि वालिङ्मा जारी राष्ट्रिय महिला फुटवल प्रतियोगितामा ३ बिभागिय टिम सहित १० समूहबीच प्रतिस्पर्धा भएको थियो।