पोखरा ३१ जेठ । पोखराको मणिपाल अस्पतालले धरौटी बुझाउन नसकेपछि उपचार नगरी निकालेका २१ दिने कोरोना संक्रमित शिशुले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनालाई परास्त गरेका छन् ।
अस्पतालले मागेको ९० हजार धरौटी र उपचार शुल्क अभिभावकले बुझाउन नसक्दा मणिपालले जेठ १३ गते निकालेका संक्रमित शिशुको सोही दिनदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बाल रोग विभाग प्रमुख एवम् वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाको टिमले प्रत्यक्ष निगरानीमा उपचार गरिरहेको थियो ।
गम्भीर अवस्थामा अस्पतालमा ल्याइएका बालकको कोभिड १९ एनसियु आइसोलेसनमा राखेर १८ दिनसम्म उपचार गराइएकोमा दुई दिन अघि कोरोनाको रिपोर्ट नेगेटिभ आएको डा. बास्तोलाले जानकारी दिनुभयो । शिशुले दुई दिनदेखि आमाको दूध खाना थालेको र अक्सिजन समेत दिन नपरेको बताइएको छ ।पोखराको मणिपाल अस्पतालले धरौटी बुझाउन नसकेपछि उपचार नगरी निकालेका २१ दिने कोरोना संक्रमित शिशुले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनालाई परास्त गरेका छन् ।
अस्पतालले मागेको ९० हजार धरौटी र उपचार शुल्क अभिभावकले बुझाउन नसक्दा मणिपालले जेठ १३ गते निकालेका संक्रमित शिशुको सोही दिनदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको थियो । मणिपालको एन आइसियु वार्डमा भर्ना भएका शिशुमा ९० हजार धरौटी र दैनिक २२ देखि २८ हजारसम्म उपचार खर्च तिर्न नसक्ने भन्दै शिशुलाई डिस्चार्ज गरेको थियो ।
गम्भीर अवस्थामा अस्पतालमा ल्याइएका बालकको कोभिड १९ एनसियु आइसोलेसनमा राखेर १८ दिनसम्म उपचार गराइएकोमा दुई दिन अघि कोरोनाको रिपोर्ट नेगेटिभ आएको डा. बास्तोलाले जानकारी दिनुभयो । शिशुले दुई दिनदेखि आमाको दूध खाना थालेको र अक्सिजन समेत दिन नपरेको अस्पतालले जनाएको छ ।