Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 6
    Trending
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    • जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    • गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
    • जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मंगलबार (आज) मध्य रातिदेखि मौन अवधि सुरु, के गर्न पाइन्छ, के पाइन्न ?
    राजनीति

    मंगलबार (आज) मध्य रातिदेखि मौन अवधि सुरु, के गर्न पाइन्छ, के पाइन्न ?

    Syangja SandeshBy Syangja SandeshMay 10, 2022Updated:May 10, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ बैशाख । चुनावको मत राख्ने दिन आउन अब ३ दिन बाँकी छ । स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि लागू हुँदै छ। यो अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएकोे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

    मौन अवधिमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ’, प्रवक्ता पौडेलले भन्नुभयो , ‘मौन अवधिअघि नै मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार सामग्री हटाइन्छ।’ कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न नपाइने आचारसंहितामा उल्लेख छ। सामाजिक सञ्जाल, अनलाइन, छापालगायत माध्यमबाट दल र उम्मेदवारको पक्ष तथा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोष्ट वा सेयर गर्न गराउन आयोगले रोक लगाएको छ।

    पौडेलका अनुसार निर्वाचनको मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ। सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ। नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

    मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ। एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन्। निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न यस्तो निर्णय गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

    अस्पतालका चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावशक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन। मंगलबार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्म तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य सख्त निषेध गर्ने निर्णय आयोगले गरेको छ। वैशाख ३० गते वर्षात हुने मौसम पूर्वअनुमानअनुसार आयोगले सावधानी अपनाउन भनेको छ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.