स्याङजा, ११ असार । भीरकोट नगरपालिकाले चालु आर्थिक वर्षमा आँधीखोला किनार संरक्षण लगायत कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ ।
समृद्ध भीरकोटको आधार कृषि पर्यटन आँधीखोलाको उपहार भन्ने उदेश्य आत्मसात गर्दै अघि बढेको नगरपालिकाले बुधवार पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुराको जानकारी गराएको हो ।
नगरप्रमुख छायाराम खनालले गतबर्षका समिक्षा सहित चालु बर्षका कार्यक्रमका बारेमा जानकारी गराएका हुन। उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दे हरेक कार्यक्रम नागरिकमैत्री बनाउदै भीरकोटको विकासका लागी बजेट केन्द्रित रहेकोमा जोड दिनसभयो ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको आँधीखोला किनारमा हरित सडक निर्माणलाई आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमको प्राथामिकतामा छ । भीरकोटको मैदानमा रहेको साहसिक प्याराग्लाईडिङ खेलको विकासका लागि दिर्घकालिन विकासमा जोड दिने उल्लेख गरिएको छ ।
भीरकोटले एक वडा एक सडक, उज्यालो भीरकोट, खानेपानी, सिँचाई, रोजगार, उद्यम, सीप विकास, सूचना तथा प्रविधिको विकास, पर्यटन प्रर्वद्धन, एक वडा एक जेष्ठ नागरिक सेवा केन्द्र, मेयरसंग बालबालिका कार्यक्रम, बालकोषको स्थापना, स्थानीय पाठ्यक्रम निर्माण, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको अभिवृद्धि गर्ने, क्षमता विकास, विद्यालयमा निशुल्क सेनेटरी प्याड उपलब्धता, विपन्न वर्गको लागी निशुल्क स्वास्थ्य विमा कार्यक्रम, एक वडा एक खेलमैदान जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश छन् ।
गतबर्ष बालमैत्री घोषित भीरकोटले कार्यान्वयन पक्षलाई कडाईका साथ लागू गर्ने निति लिएको छ । घोषणासंगै भीरकोट नेपालभरमा ७ औं र गण्डकी प्रदेशमा दोश्रो र स्याङजाको पहिलो घोषित नगर हो ।
यस्तै जेष्ठ नागरिक सम्मान, छोराबुहारी सम्मान, महिला उद्यमशीलता, बाँझो जग्गाको उपयोग, सामुहिक चक्लाबन्दी खेतीको विकास, एक वडा एक उत्पादन, मौरी ब्लक कार्यक्रम, होमिस्टेको प्रर्वद्धन, आँधीखोलामा जलयात्रा जस्ता कार्यक्रम छन् ।
औद्योगिक ग्राम स्थापना, छाङछाङ्दी, स्वरेक मैदानको पुर्वाधार विकास, एकुवार, खीलुङ्कालिका पदमार्ग, विपत प्रतिकार्य योजना, सुन्दरचौरमा बोटानिकल पार्कको निर्माण, करदाता प्रोत्साहन, डिजिटल प्रोफाईल निर्माण, विद्युत्तिय नागरिक बडापत्र, हरेक वडालाई प्रविधिमैत्री बनाईने भनिएको छ ।
कार्यक्रममा नगरप्रमुख खनालले नगरले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न गरेको, फोहोरमैला संकलन केन्द्र, नदिजन्य निर्माण सामाग्री प्रशोधन केन्द्र समेत निर्माण जानकारी गराए ।
यसैगरी, उपप्रमुख सीमा केसी कर्माचार्यले भीरकोटले सञ्चालन गरेको आधारभुत विद्यालयमा दिवा खाजा, गर्भवतीलाई निशुल्क अण्डा वितरण, न्यायिक सम्पादन लगायत समावेशी बर्गमा गरिएका काम कारवाहीका बारेमा जानकारी गराउनुभयो ।
Tuesday, October 14
Trending
- फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
- स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
- जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
- अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
- डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
- एक हजार २८ प्याकेट पटका बरामद
- भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
- एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ