स्याङ्जा ९ असार । भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षको लागी नीति तथा कार्यक्रम सहित बजेट सार्वजानिक गरेको छ ।
नगरपालिकाको १२ औं नगरसभामा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले नीति तथा कार्यक्रम र उपप्रमुख भगवती अर्यालले बजेट सार्वजनिक गर्नु भएको हो । बिभिन्न पक्षलाई सम्बोधन गर्दै र पुराना तथा क्रमगत योजनालाई निरन्तरता दिईनेगरी नीति तथा कार्यक्रम ल्याइएका छन्। शिक्षा, स्वास्थ्य, वातावरण, प्रबिधि, सामाजिक , पर्यटन, कृषि, जेष्ठ, महिला, बालबालिका, अपांग लगायतका बिभिन्न पक्षलाई समेट्दै विकास योजना कार्यलाई अघि बढाइएका छन् ।
ेयसैगरी, आर्थिक वर्ष २०८०÷८१ का लागि ७८ करोड ८२ लाख १६ हजारको बजेट विनियोजन गरेको छ । कुल विनियोजित रकम मध्ये चालु तर्फ ५८ करोड १५ लाख १६ हजार अर्थात ७४ प्रतिशत ४१ प्रतिशत छ । सशर्त अनुदान तर्फको चालु खर्च ४३ करोड ८५ लाख अर्थात ५५ दशमलब ६३ प्रतिशत र नगरपालिका तर्फको चालु खर्च.१४ करोड ३० लाख १६ हजार अर्थात १८ दशमलब १४ प्रतिशत रहेको छ ।
यसैगरी कुल विनियोजित रकम मध्ये पुँजी खर्चतर्फ रु. २० करोड १७ लाख अर्थात २५ दशमलब ५९ प्रतिशत र सामाजिक सुरक्षा खर्च तर्फ १८ करोड अर्थात २२ दशमलब ८३ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि अनुमान गरिएको कुल विनियोजित रकम मध्ये गत वर्षको नगद मौज्दात बाट ५० लाख, आन्तरिक राजश्वबाट ७ करोड ३१ लाख ३४ हजार १ सय, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट रु. ९ करोड ९७ लाख ९६ हजार ९ सय, अन्तर सरकारी वित्तीय हस्तान्तरण बाट ४२ करोड ५२ लाख ८५ हजार र अन्य स्रोतबाट ५० लाख गरी जम्मा ६० करोड ८२ लाख १६ हजार १६ हजार हुने अनुमान गरिएको छ ।