Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, August 27
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोटको गोर्खेभन्ज्याङ् हेलिप्याडमा सफल अवतरण
    अर्थ

    भीरकोटको गोर्खेभन्ज्याङ् हेलिप्याडमा सफल अवतरण

    Syangja SandeshBy Syangja SandeshMarch 25, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ चैत । भीरकोट नगरपालिकाको दुर्गम थलो गोर्खे भन्ज्याङ्मा हेलिप्याड निर्माण गरिएको छ। भीरकोट ८ स्थित गोर्खेभन्ज्याङ्मा हेलिप्याड निर्माण भएपछि यहाँका स्थानीयबासी खुशी देखिएका छन्।


    आकस्मिक आइपर्ने घटनाबाट छिटो, छरितो उपचारका लागि सम्बन्धित निकायसम्म पु¥याउन सहज बनाउन हेलिप्याड निर्माण गरिएको सोही वडा अध्यक्ष नन्दप्रसाद खनालले जानकारी दिनुभयो । सो सेवावाट सो वडा सहित ५ र ९ वडाबासीलाई समेत लाभान्वित हुनेछन्।


    ‘कोभिड जस्तै अन्य संक्रमण आइपरेमा, सुत्केरी लगायत अन्य इमर्जेन्सी स्वास्थ्य सेवाको आवश्यकता भएमा, ग्रामिण सडकमा हुने दुर्घटनापछि तत्काल उपचारका लागि अस्पताल पुरयाउनु परेमा’ हेलिकोप्टर सहितको सेवा उपलब्ध गराउन सहज बनाउन सकियोस् भन्ने उदेश्यले नगरको दुर्गम क्षेत्रमा हेलिप्याड बनाइएको नगरप्रमुख गोबिन्दकुमार कर्माचार्यले बताउनुभयो ।
    ब्यवस्थित हेलिप्याड निर्माणका लागि आउदो आर्थिक बर्ष बजेट विनियोजन गरेर मैदानदेखि बाटोसम्मको पक्की सडक निर्माण गर्ने बताउनुभयो।


    पहाडी मुलका नगरपालिका। जताततै सडक संजालले जोडेको छ। अधिकांश ग्रामिण सडक कच्ची छन्। यात्रु क्षमता भन्दा धेरै यात्रु र थेगीनसक्नु सामान बोकेर गाडीहरु गाउँ गाउँमा पुग्दा कयौं पटक दुर्घटनामा परेका छन्। यस्तो अवस्थामा समयमै सुबिधा सम्पन्न अस्पतालमा पु¥याउन सके उनीहरुको ज्यान जोगाउने सकिने थियो भन्नुहुन्छ वडाअध्यक्ष खनाल।


    गतबर्ष ग्रामिण सडकमा चल्ने सवारी साधन दुर्घटना हुदाँ समयमै उपचार पाउन नसक्दा केही ब्यक्तिले अकालमै ज्यान गुमाएका थिए। सोह अवस्थालाई मध्यनजर गर्दे दुर्गम ठाउँलाई शहरसम्म जोड्ने उदेश्यले हेलिप्याड निर्माण गरिएको हो।


    चार लाख ५० हजारको लागतमा निर्मित हेलिप्याड ४० मिटर लम्वाईको छ। हेलिप्याड निर्माणका लागी वडा कार्यालयले ६५ हजार खर्च गरेको छ। त्यस बाहेक बिभिन्न निर्माण कम्पनीले मैदान सम्याउने कार्यमा निशुल्क सहयोग गरेका छन्।
    हेलिप्याड निर्माणपछि पोखराबाट ल्याइएको हेलिकोप्टरले सफल अवतरण गरेको छ। कैलाश हेलिकोप्टरले पोखरा — गोर्खेभन्ज्याङ्मा अवतरण गरेको हो। हेलिकोप्टरमा पोखरा बिमानस्थलदेखि गोर्खेभन्ज्याङ् ६ मिनेटको दुरी हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.