स्याङ्जा ११ माघ । भीरकोट नगरपालिका वडा. ९ स्थित शिर्कोट माध्यमिक बिद्यालयमा अध्ययरत १ सय ५४ जना बिद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ ।
भीरकोट ९ वडा कार्यालयले शिशु देखि ५ सम्मका विधार्थिहरुलाई न्याानो कपडा वितरण गरेको हो । कार्यक्रममा ननर प्रमुख गोबिन्दकुमार कर्मचार्यले सामुदायिक बिधालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो ।
बालमैत्री भिरकोटमा हरेक कार्यक्रममा बालसहभागित गराई बालबालिकाको समस्या बुझ्ने र समाधान गर्ने गरिएको वडा अध्यक्ष भिम बहादुर गुरुङ, बालमैत्रि सहजकर्ता बिष्णु माया काफ्ले , कार्यपालिका सदस्य खगीसरा विकले जानकारी दिनुभयो ।
वडा अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा सिर्काेट माबिमा ५५ जनालाई, पिपल डाडा माबिमा ५७ जनालाई भविष्य निर्माण प्राबिमा १४ जना र ठूलीभन्जाङ माबिमा २८ जनालाई ट्याक सुट तथा न्यानो कपडा उपलब्ध गराएको हो ।