स्याङ्जा, ३० साउन । मित्र राष्ट्र भारतको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा अन्र्तक्रिया सम्पन्न भएको छ । नेपाल भारत मैत्रि संघ जिल्ला साखा स्याङ्जाको आयोजनामा भारतको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा मंगलबार वालिङमा अन्र्तक्रिया तथा आजिवन सदस्यहरुलाई सम्मान एवं प्रमाणपत्र वितरण कायक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संघका सल्लाहकार तथा पुर्व मेयर दिलिपप्रताप खांणले नेपाल भारतको सम्बन्धका बारेमा चर्चा गर्दै नेपाल र भारतको धार्मिक, सांस्कृतिक व्यापारिक पक्षहरुमा समानता रहेको बताउनुभयो । कार्यक्रममा पुर्व मेयर खांणले नेपालभारतको इतिहासिदेखि वर्तमान सम्बन्धका बारेमा सहजीकरण समेत गर्नुभएको थियो ।
कार्यक्रममा संघका सल्लाहकार जिवलाल काफ्लेले मित्र राष्ट भारतले नेपाललाई सदियौँदेखि गर्दै आएको आर्थिक, सामाजिक, सांस्कृतिक सहयोगका कारेमा चर्चा गर्दै नेपाल भारतको सदियौँदेखिको सम्बन्ध रहेको विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ७ जना आजिवन सदस्यहरुलाई सम्मान तथाप्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा संघका आजिवन सदस्य तथा सदस्यहरु गरी २७ जनाको सहभागिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष ल्या.यामबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष शान्ता थापा र संचालन सचिव यज्ञप्रसाद अधिकारीले गर्नुभएको थियो ।