काठमाण्डौ २७ मंसिर । भारतकी हरनाज सन्धुले मिस युनिभर्स प्रतियोगिता जित्नुभएको छ ।
यो सँगै २१ वर्ष पछि भारतले मिस युनिभर्सको ताज जितेको छ । भारतको पञ्जाब, चण्डीगढकी मोडेल सन्धुले आज इजरायलमा भएको ७०औंँ मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका गरी ७० जना प्रतिस्पर्धीलाई पछि पार्नुभएको थियो ।
उहाले पढाइ सँगसँगै मोडलिङलाई अगाडि बढाउँदै हुनुहुन्छ । उहाँ अहिले डिग्रीको पढाइ पूरा गर्ने तयारीमा हुनुहुन्छ । मिस युनिभर्समा भाग लिनु पहिला उहाले चलचित्रमा समेत काम गर्नुभएको थियो । उहाले अभिनय गरेको चलचित्र आउँदो वर्ष रिलिज हुने बीबीसी हिन्दीले जनाएको छ ।
यस अघि सन् २००० मा लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिए भने सन् १९९४ मा सुस्मिता सेनले उपाधि हात पार्नुभएको थियो । भारतले २१ बर्ष पछि मिस युनिभर्सको उपाधि जीतेको हो । हरनाज भारतको चंडीगढ मा बस्दै आउनुभएको छ । उहाले २०१७ मा सिस चंडिगढ को उपाधि जित्नु भएको हो । २०१९ मा भएको मिस इन्डीयामा उहाले सहभागी हुनुहुन्थ्यो । जहाँ उहाले उत्कृष्ट १२ मा आफ्नो स्थान बनाउन सफल हुनुभएको थियो ।