Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बीपी बिचार र सिद्धान्त आज पनि उत्तीकै महत्वपूर्ण छ — सांसद तिवारी
    समाचार

    बीपी बिचार र सिद्धान्त आज पनि उत्तीकै महत्वपूर्ण छ — सांसद तिवारी

    Syangja SandeshBy Syangja SandeshJanuary 1, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ पुस । नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले संस्थापक नेता बीपी कोइरालाका बिचार र आदर्श आज पनि उत्तिकै आवश्यक र महत्वपूर्ण रहेको बताउनुभएको छ ।


    नेपाली कांग्रेस स्याङ्जाद्धारा सोमबार पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा आयोजित ४८ औं ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ को अवसरमा बोल्दै सांसद तिवारीले वीपी बिचारलाई मर्न दिन नहुनेमा जोड दिनुभयो ।


    धेरै कुरा बोल्ने, गर्ने भन्ने, आश्वासन बाड्ने तर ब्यवहारमा लागु नगर्ने जस्ता कार्यले आममानिसले वीपी र समाजवादको अनुभूत गर्न नपाएको भन्दै उहाले दुख ब्यक्त गर्नुभयो । नेपाली कांग्रेसका प्रदेश उपसभापति समेत रहनु भएका तिवारीले उत्पादनमा जोड दिन कृषिका क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । संघिय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै बिकासका बिभिन्न मोडल अघि बढाउनु पर्ने उहाको भनाई छ ।


    कार्यक्रममा पूर्व सांसद शंकरप्रसाद पाण्डे, गण्डकी प्रदेश अर्थ विकास समितिका सभापति भोजराज अर्याल, पूर्वमन्त्री मेखलाल श्रेष्ठ, कांग्रेसका पूर्वसभापति विश्वप्रेम अधिकारी, पूर्व कार्यवाहक सभापति कुमार राना, स्तन्त्रता सेनानी तारापति सुवेदी र शालिकराम न्यौपाने, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य धु्रव शर्मा पंगेनी, महासमिति सदस्य भरतप्रसाद लम्साल, प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेश संयोजक जीवलाल काफले, नेपाली कांग्रेस जिल्ला सदस्य इन्दिरा केसी, महाधिवेशन प्रतिनिधि धनकुमारी थापा, भीरकोट नगरप्रमुख गोबिन्दकुमार कर्माचार्य, आँधीखोला गाउँपालिका सभापति नरेन्द्र पौडेल, मुस्लिम संघ जिल्ला अध्यक्ष अलि मिया, तरुण दलका उपाध्यक्ष रविन केसी लगायतले सबै कांग्रेसी एकै मन मिलाएर अघि बढेमा नेपाली राजनीतिमा कुनै शक्ति र पार्टीले पनि बिचलन गराउन नसक्नेमा जोड दिदै आजैका दिनदेखि बलियो र एकढिक्का कांग्रेस बनाएर अघि बढ्नुको विकल्प नरहेको नेताहरुको भनाई छ ।


    जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति केदार काफलेले स्वागत एवं सचिव दामोदर लम्साल र सहसचिव धु्रववन्धु पौडेलले संचालन गर्नुभएको थियो ।


    यसैगरी, सोही अवसरमा २ जना पत्रकार र २ संचार गृहलाई सम्मान गरिएको थियो । प्रेस यूनियन सदस्य युवराज पौडेल, प्रेस यूनियन गण्डकी प्रदेश सदस्य हिमाल न्यौपाने, आधीखोला रेडियोका संचार गृहका अध्यक्ष नेत्रप्रसाद पाण्डे सहित प्रमुख ब्यवस्थापक तोलाकान्त बगाले र हेर्ने कुरा डट कमका भूपराज बस्याललाई सम्मान गरिएको हो ।


    वीपी कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.