स्याङ्जा १५ फागुन । नेपाल मगर संघ पुतलीबजारको आयोजनामा आयोजित ४२ औं मगर स्थापना दिवस बिबिध कार्यक्रमगरी मनाइएको छ ।
पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित कार्यक्रमको उदघाटन गर्दै बिज्ञान तथा प्रबिधि पूर्वमन्त्री शिवलाल थापाले मगर जातीका हक, हित र अधिकारका पक्षमा एकजुट हुनु पर्ने बताउनुभयो । संबिधान र राज्यबाट मगर जातीलाई उपेक्षा र बिभेदमा पारिएको बताउनुभयो ।
एकतामै बल हुने जनाउदै उहाले सबै मगर जातीलाई आफनो भाषा, कला, संस्कृति र पहिचान जोगाउदै अघि बढ्न सुझाव दिनुभयो । नेपाल मगर संघका केन्द्रिय पूर्वमहासचिव समेत रहनु भएका थापाले दिवसमा शक्ति प्रदर्शन गर्ने दिन भएकाले सम्पूर्ण मगर जातीहरुले यसको महत्व बुझनुपर्नेमा जोड दिदै मगरात राज्यको पक्षमा उभिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति बुद्धिबहादुर राना –कुमार, पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, जिल्ला समन्वय समिति सदस्य नेमबहादुर राना, वडा नं. १० का समाजसेवी द्धय हुमबहादुर हिस्की राना र इन्द्रबहादुर राना, वडा नं. १३ का अध्यक्ष जुद्धबहादुर थापा, ७ का अध्यक्ष कृष्णबहादुर आले, समाजवादी मगर संघ गण्डकी प्रदेश अध्यक्ष महेश थापा, नेपाल मगर संघ स्याङ्जाका निवर्तमान अध्यक्ष हेमन्त थापाले स्थापना दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउनु पर्नेमा जोड दिनुभएको थियो
वरिष्ठ उपाध्यक्ष लक्ष्मी थापा, उपाध्यक्ष दिलिप थापा, नेपाल मगर संघ क्रान्तिकारीका पूर्व अध्यक्ष मनबहादुर थापा, नेकपा एमाले जिल्ला सदस्य इन्द्रबहादुर राना, नेपाल मगर संघ पुतलीबजारका निवर्तमान अध्यक्ष लीलबहादुर राना, मगर संघ बाडखोला समाजका अध्यक्ष भरत राना र वीरेन्द्रनगर समाजका अध्यक्ष सुनिल आले लगायतले मगर दिदै पुतलीबजार नगरपालिकाले मगर दिवसमा सार्वजनिक बिदा दिएकोमा गर्दै खुशीयाली ब्यक्त गर्नुभएको थियो ।
नेपाल मगर संघ नगर अध्यक्ष भिम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य गीता रानाले स्वागत एवं बाडखोला मगर समाजका सदस्य खुमबहादुर रानाले संचालन गर्नुभएको थियो ।

मंचको कार्यक्रम अघि प्रगतीनगर स्थित शिक्षा चोकदेखि मगर समुदायका महिला तथा पुरुषहरु आ आफना भेषभुषामा सजिएर सिटीहलसम्म पंचेवाजा सहित पैदल यात्रा गरेका थिए ।
सिटीहलमा पुगेर शुभकामना सहित सास्कृतिक कार्यक्रम, सहयोगदाता र बिभिन्न क्षेत्रमा आवद्ध ब्यक्तिलार्ई सम्मान गरिएको कार्यक्रम संयोजक एव. नेपाल मगर संघका जिल्ला अध्यक्ष बिष्णुबहादुर मस्र्याङगीले जानकारी दिनुभयो ।
यसैगरी, ४२ औें राष्ट्रिय मगर दिवसका अवसर पारेर पुतलीबजार नगरपालिका सहित भीरकोट, वालिङ, गल्याङ, चापाकोट नगरपालिका सहित हरिनास, विरुवा, कालीगण्डकी गाउपालिकागरी ८ वटा स्थानीय पालिकाले साार्वजनिक विदा दिएका थिए ।