स्याङ्जा ७ बैशाख । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाले भीरकोट नगरपालिकाका केही शिक्षकलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ।
स्वास्थ्य अवस्थामा केही कठिनाई भएमा तत्काल गरिने बिधिका बारेमा जानकारी गराउने उदेश्यले रेडक्रसले बिद्यालयमा पुगेर यस्ता तालिम उपलब्ध गराएको सभापति दिनेश अर्यालले जानकारी दिनुभयो । प्राथमिक उपचारसंगसंगै तालिममा सरसफाइ , स्वच्छतामा आधारित जीवनोपयोगी तालिम समेत दिएको उहाले बताउनुभयो ।
चार दिने तालिममा भीरकोटका — ८ का ७ वटा विद्यालयका २४ जना शिक्षक तथा जुनियर युवा सर्कलका प्रतिनिधि सहभागि थिए। तालिममा सभापति दिनेश अर्याल, उपसभापति लक्ष्मी थापाले प्रशिक्षण दिनुभएको थियो ।
वडा अध्यक्ष नन्दलाल खनालले भन्नुभयो , ‘व्यक्तिगत सरसफाईसंगै अन्य सबै पक्षको सरसफाई र प्राथमिक उपचार सम्बन्धी ज्ञान हुने हुदाँ यस्ता तालिम अन्य शिक्षक, बिद्यार्थीलाई पनि उपयोगी देखियो। प्रयोगात्मक तालिम निकै प्रभावकारी लाग्यो। ’
जापानीज रेडक्रस सोइसाइटी अन्तर्राष्ट्रिय युवा समन्वय परिषद्ले आर्थिक सहयोग तालिम संचालन गरिएको जुनियर रेडक्रस सर्कलका अध्यक्ष हरि खनालले जानकारी दिनुभयो ।
तालिममा सहभागी ७ वटा बिद्यालयलाई प्राथमिक उपचार सम्बन्धि आवश्यक सामाग्री समेत उपलब्ध गराएको सभापति अर्यालले भन्नुभयो ।