Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बाघ मारेसंगै सकिए यस बर्षका गाईजात्रा र तायमचा नाच
    पुतलीबजार नगरपालिका

    बाघ मारेसंगै सकिए यस बर्षका गाईजात्रा र तायमचा नाच

    Syangja SandeshBy Syangja SandeshSeptember 7, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ भदौ । जनैपूर्णिमाका दिनदेखि मनाइने गाईजात्रा यसबर्ष सकिएका छन् । आज कृष्ण जात्रा मनाएसंगै सकिने भएका हुन् ।

    जात्राहरु मध्ये अन्तिम दिन देखाइने बाघजात्रामा दर्शकहरुको भब्य उपस्थिती देखियो । अन्य जात्राहरुका तुलनामा बाघ जात्रा खर्चिलो पनि हुन्छ । यसजात्रामा धेरै मानिसहरुको पनि सहभागिता आवश्यक रहन्छ ।


    नेवार समुदायले जनैपूर्णिमाका दिनदेखि सुरु गरेको जात्राहरुमा क्रमशः लाखेनाँच, गाई जात्रा, रोपाईं जात्रा, तायमाचा, छोकडा, बाघजात्रा, जोगीजात्रा पर्दछन्। यी जात्राहरु मध्ये आज कृष्ण जात्रा हुने भएको झिंगु नेवा छे प्रगतीनगर स्याङ्जाका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।


    स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजारमा नेवाः खल स्याङ्जा अन्र्तगत गाइजात्रा नाँच समिति र झिंगु नेवा छें प्रगतीनगरले छुट्टाछुट्टै रुपमा पूर्णिमादेखि दिनहुँ जात्राका नृत्य, झाँकी सहितका मनोरञ्जनात्मक कार्यहरु प्रर्दशन गर्दे आएका छन् । प्रगतीनगर र स्याङ्जा बजारमा बसोबास गर्ने नेवार समुदायले पर्वलाई भब्यताका साथ सम्पन्न गरेका छन् ।


    आ आफना क्षेत्रबाट सुरु भएको जात्रा बिभिन्न टोलटोलमा पुग्छन। यी जात्राको अन्तिम दिन बाघ मार्ने गरिन्छ। जसलाई जात्राभरिकै आकर्षणका रुपमा मानिन्छ । अन्य दिनमा भन्दा बाघ जात्राका दिन उल्लेख्य दर्शकको उपस्थिती देखिन्छ ।
    जात्राका दिन अघिअघि तायमचा नाँच त्यसपछि मुख्य शिकारी, गाउँलेहरु, कुकुर, बाघ अनि राजारानी, सेनापती, सुरक्षागार्डको भेषभुषामा सजिएका मानिसहरु हुन्छन । गाउँमा बाघको आतंक हुन्छ। बाघले पहिलो पटक कुकुरलाई खान्छ।

    अर्को पटक मानिसलाई मार्छ । बाघ बस्तीमा पसेर पुनः आतंक मच्चाउन थोपछि सबैले घेरामा पारेमा मार्छन अनि बाघ जात्रा सकिन्छ। बाघ मार्न पनि निकै मेहनत गर्नुपरेको देखाइएको हुन्छ ।


    बाघले बस्तीमा पसेर जनावर र मानिसलाई आक्रमण गरेपछि बाघ मारिदिन गरेको जनताको आग्रहलाई राजा नै उपस्थित भएर सबैजना मिलेर चारैतिरबाट घेरा हालेर बाघलाई मारिन्छ ।

    बिगतदेखिको गाइजात्रा पर्व यसरी नै चलिरहेको स्याङ्जा बजार गाईजात्रा नाँच समितिका अध्यक्ष युगनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.