Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 13
    Trending
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बाग्मती प्रदेशको संक्षिप्त चिनारी
    प्रदेश

    बाग्मती प्रदेशको संक्षिप्त चिनारी

    Syangja SandeshBy Syangja SandeshMay 30, 2021Updated:July 15, 2021No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपालको संविधानको धारा १७५ अनुसार प्रदेश नं। तीनको प्रदेश सभा गठन भएको हो । यस प्रदेश सभामा सम्वन्धित प्रदेशवाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य ६६ जना र सो ६६ जनालाई ६० प्रतिशत मानी वाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीवाट निर्वाचित हुने ४४ जना गरी कूल ११० जना सदस्यहरु हुने व्यवस्था छ । नेपाल सरकारले प्रदेश नं। ३ को अस्थायी राजधानी हेटौंडा तोकेकोले सभाको सचिवालय हाल हेटौंडामा अवस्थित छ । २०७४ साल मंसिर १० र २१ गते भएको प्रदेश सभाको निर्वाचनवाट निर्वाचित प्रदेश सभाका सदस्यहरुको सपथग्रहण २०७४ माघ ७ गते भएको थियो । माननीय प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम आव्हान गर्नु भए अनुसार २०७४ माघ १८ गते प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक ज्येष्ठ सदस्य माननीय डोरमणि पौडेलको अध्यक्षतामा बसेको थियो भने मिति २०७४ माघ २७ गते माननीय सानु कुमार श्रेष्ठ प्रदेश सभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनु भएको थियो । त्यसै गरी माननीय राधिका तामाङ्ग प्रदेश सभाको उपसभामुख पदमा मिति २०७४ माघ २८ गते निर्विरोध निर्वाचित हुनु भएको थियो ।

    गाउँपालिका र नगरपालिका

    सभाको मिति २०७४ फागुन १४ गतेको बैठकवाट प्रदेश सभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरुको गठन, काम, कारवाही र समिति सम्वन्धी अन्य विषय नियमित गर्नको लागि संविधानको धारा १९४ अनुसार प्रदेश सभा नियमावली, २०७४ बनाएको छ र सोही नियमावली अनुसार प्रदेश सभा संचालन भईरहेको छ ।

    यस प्रदेशका १३ जिल्लामा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह छन् । प्रदेशभित्र रहेका काठमाण्डौं, ललितपुर र भरतपुर तीन महानगरपालिकाहरू हुन् भने हेटौंडा एकमात्र उपमहानगरपालिका हो ।

    यस प्रदेशका गाउँपालिका र नगरपालिकाको सङ्ख्या नेपालको कुल गाउँपालिका र नगरपालिका सङ्ख्याको १५।८० प्रतिशत छ । काठमाडौ र भक्तपुर जिल्ला गाउँपालिका विहिन छन् भने रसुवा जिल्लामा नगरपालिका छैन । नेपालका गाउँपालिका र नगरपालिकाको कुल जनसङ्ख्या मध्ये यस प्रदेशको गाउँपालिका र नगरपालिकाको जनसङ्ख्याले २०।७४ प्रतिशत ओगटछ । काठमाडौका स्थानीय तहले कुल प्रदेशको स्थानीय तहका जनसङ्ख्याको ३१।२२ प्रतिशत ओगटछ । यसैगरी भूगोलमा सवभन्दा धेरै मकवानपुरको ११।७६ प्रतिशत छ ।

    भौगोलिक अवस्था

    प्रदेशको धरातलीय विविधता अनुसार यहाँको हावापानीमा पनि विविधता रहेको छ । समुन्द्र सतहदेखि १४१ मिटर उचाईमा रहेको चितवनको गोलाघाटदेखि ७२२७ मिटर उचाईमा रहेको रसुवाको लाङटाङ हिमालसम्म फैलिएकोले यहाँ सबै प्रकारको हावापानी पाइन्छ ।यस प्रदेशमा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ \काठमाडौ, बूढानीलकण्ठ\काठमाडौ\,स्वयम्भूनाथ\काठमाडौ, चागुनारायण \भक्तपुर\, गोसाइकुण्ड \रसुवा\, कालिञ्चोक भगवती \दोलखा\, भिमेश्वर \दोलखा\, लगायतका महत्वपूर्ण धार्मिक स्थलहरु छन् ।सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुर गढी वि.सं. १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ। ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले पनि महत्पूर्ण रहेको यो गढी आजको मकवानुपर जिल्ला सदरमुकाम हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्वमा पर्छ। मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो ।यो प्रदेश ताल, कुण्ड तथा सिमसारीय महत्त्व राख्ने प्रदेश हो।यस प्रदेशमा २० हजारीय ताल, गोसाईकुण्ड, च्छोरोल्पा हिमताल, जट पोखरी, पाँच पोखरी तथा बहुलाह पोखरीजस्ता महत्वपूर्ण सम्पदाहरू यहा रहेका छन।यस प्रदेशमा रहेको लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमश्रृंखला गरी दुईवटा हिमश्रृंखला पर्यटनका दृष्टकोणले महत्वपुर्ण रहेका छन् ।नेपालमा ५ हजार मिटर भन्दा माथिका हिमचुचुराको सङ्ख्या ४१४ वटा रहेकोमा यस प्रदेशमा ६१ वटा छन् । यस प्रदेशमा रहेको अग्लो चुचुरा लाङ्टाङ् लिरूङ् ७२२७ मिटर, लाङ्टाङ् र ७२०५ मिटर, गौरीशंकर ७१३५ मिटर उचार्इ रहेको छ ।यस प्रदेशमा १० वटा उपजलाधार प्रणालीहरू र ३३ वटा मुख्य नदीहरू रहेका छन । यी मध्ये सबभन्दा लामो नदी सुनकोशी रहेको छ जसको लम्बाई १६०.१९ कि।मी। रहेको छ भने सबभन्दा छोटो नदी लालबकैया रहेको छ जस्को लम्बाई १. ८९ कि. मी छ ।यस प्रदेशको कुल जमिनको ५३. ७ प्रतिशत १०९००८५ हेक्टर जमिन वनले र ७.५७ प्रतिशत १५३७५९ हेक्टर झाडी बुट्यानले गरी कुल ५९.२७ प्रतिशत १२४३८४४ हेक्टर जमिन बन क्षेत्रले ओगटेको छ भने २४.३४ प्रतिशत ४९४०८४ हेक्टर जमिनमा खेती भएको देखिन्छ । सबैभन्दा थोरै जमिन ३०७ हेक्टर ९०.०२ प्रतिशत ताल पोखरीले ओगटेको देखिन्छ ।

    प्रमुख जातजाति तथा भाषाभाषी

    जातिगत रूपमा यस प्रदेशमा मुख्यतः तामाङ २०.४२ प्रतिशत०, पहाडी ब्राह्मण १८.२८ प्रतिशत०, क्षेत्री १७. २८ प्रतिशत० र नेवार १६.९२ प्रतिशत० समुदाय रहेका छन् भने १०४ वटा जातिहरू अन्य समेतको उपस्थिति १ प्रतिशत भन्दा कम छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    संघिय नेपालको प्रशासनिक बिभाजन, नेपालका प्रदेशमा बिभाजन गरिएका जिल्लाहरु

    May 31, 2021

    सुदुरपश्चिम प्रदेशको संक्षिप्त परिचय

    May 31, 2021

    कर्णाली प्रदेशको संक्षिप्त चिनारी

    May 30, 2021

    लुम्बिनी प्रदेशको संक्षिप्त परिचय

    May 30, 2021

    गण्डकी प्रदेशको संक्षिप्त जानकारी

    May 30, 2021

    प्रदेश नं. २ को संक्षिप्त जानकारी

    May 30, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.