Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फोहरमैला व्यवस्थापन सम्बन्धी वालिङमा अन्तरक्रिया
    वालिङ् नगरपालिका

    फोहरमैला व्यवस्थापन सम्बन्धी वालिङमा अन्तरक्रिया

    वालिङ नगरपालिकाले फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ । नगरपालिकाले जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी एवम् सञ्चारकर्मीकाबीच फोहरमैला व्यवस्थापन सम्बन्धी आइतबार छलफल तथा अन्तरक्रिया गरेको हो ।
    Syangja SandeshBy Syangja SandeshMay 16, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ जेठ । वालिङ नगरपालिकाले फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ । नगरपालिकाले जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी एवम् सञ्चारकर्मीकाबीच फोहरमैला व्यवस्थापन सम्बन्धी आइतबार छलफल तथा अन्तरक्रिया गरेको हो ।

    कार्यक्रममा बायोमास अल्टरनेटिभ रिनेबल ईनर्जी प्रालिले शुन्य फोहोर व्यवस्थापनका विषयमा प्रकाश पारेको थियो । नेपालमै निर्मित अत्याधुनिक मेसिनद्वारा फोहोर प्रशोधन गरी स्वच्छ वातावरण बनाउने उद्देश्यले अगाडि बढेको प्रालिले यसको सफल अभ्यासहरु जापानमा समेत गरिसकेको कम्पनीका प्रबन्धक अमृत थापाले जानकारी दिनुभयो । कम्पनीले फोहोरबाट प्रारङगारिक मल र ग्रिन युरिया उत्पादन गर्दै आएको कम्पनीका प्रवन्धक थापाको भनाई छ । जिम्मेवारी पाएको खण्डमा कम्पनीले आफ्नै लगानीमा सरसफाई व्यवस्थापनको काम गर्ने उहाँको दावी छ ।

    नकुहिने फोहोर समेत एकैछिनमा नष्ट गर्ने प्रविधि वातावरणमैत्री रहेको थापाले बताउनुभयो । वालिङ नगरपालिकामा दैनिक १० टन फोहोर निस्कने गरेकोमा ३ टन कुहिने फोहोर निस्कने गरेको छ । कम्पनीले यहाँका ग्रामिण क्षेत्रमा रहेका झारपात, पातपतिङगर, पशुको मलमुत्रलगायतका फोहोरकोसमेत जापानी प्रविधिमा मल, कोईला, युरिया उत्पादन गर्ने जनाएको छ ।

    सम्झौता गरी नगरपालिका मार्फत कृषकलाई गाउँघरमा खेर गईरहेका पातपतिङगरसमेत किनेर मल बनाउने योजना गरेको कम्पनीले जनाएको छ । यो योजनामा नगरपालिका र कम्पनीबीच सम्झौता भएमा नगरपालिकाको कुनै लगानी नरहने, २० वर्षे योजना हुँने र विभिन्न डोनरहरुको माध्यमबाट १ अर्ब ३४ लाख लगानी गर्ने कम्पनीका प्रबन्धक थापाले जानकारी गराउनुभयो ।

    वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले स्मार्ट नगरको रुपमा विकसित नगरपालिकालाइ नागरिको आवश्यकतालाइ मध्यनजर गरि अल्पकालिन,मध्यकालिन र दिर्घकालिन योजना बनाइने बताउनुभयो । नगरप्रमुख खांणले नगरको विकासमा सवै सरोकारवाला संग समन्वय गरि कार्यक्रम अडाडी बढाउने बताउनुभयो ।

    नगर उपप्रमुख कविता तिवारी गैह्रेले नगरको बृहत्तर विकासका निमिन्त सवै सरोकारवाला संगको सहकार्य गरिने र स्मार्ट नगर बनाउने योजना अनुसार नगरपालिका अगाडी बढेको जानकारी दिनुभएको थियो ।

    जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी एवम् पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा नगरपालिकालाई व्यवस्थित रुपमा अगाडि बढाउन सुझाव दिएका छन् । कार्यक्रमका सहभागीहरुले नगरपालिका आम नागरिकको स्थानीय सरकार रहेको वालिङ उदाहरणीय बन्नुपर्ने धारणा राखेका छन् ।

    नगरपालिकाको सरसफाई केन्द्रको लागि मेशिन तथा औजारको खरिद एवम् जडानका विषयमा सहभागिहरुले जिज्ञासा राखेका थिए ।
    ठेक्का सम्झौता सकिएपछि खैरवाङगी निर्माण सेवाले बिना जानकारी फोहोर प्रशोधन मेसिन ल्याएको र निःशुल्क मेशिनसहित फोहोर व्यवस्थापन गर्छु भन्ने एक पक्ष आईरहँदा नगरपालिकाले करोड बढिको मेशिन खरिद गर्न नहुने र सुझवुबझसहित अवसरको सदुपयोग गर्न सहभागीहरुले सुझाएका छन् । फोहोर व्यवस्थापनमा उत्कृष्ट पुरस्कारसमेत हात पारेको वालिङमा फोहोर प्रशोधन मेसिन खरिद तथा जडानको विषय विवादित बनेपछि सहभागीले प्रश्न गरेका हुन् ।

    व्यवसायीलाई मारमा पार्न नहुने तर्क गर्दै सहभागीले नागरिकको करको उचित प्रयोग गर्न सुझाएकाछन् । दुबै पक्ष बिच छलफल गरेर निश्कर्षमा पुग्न सहभागीको आग्रह रहेको छ । मेशिन खदिरका लागि २०७८ साल माघ १६ गते जाजरकोटको खैरवाङगी निर्माण सेवासँग सम्झौता भएको थियो ।

    २०७९ जेठ मसान्तमा १ करोड ६ लाख १७ हजार ४ सय ८० रुपैँयामा मेशिन ल्याउने सम्झौता नगरपालिका र खैरवाङगी निर्माण सेवाबीच भएको थियो । कम्पनीले सम्झौता अनुसार समयमा मेशिन ल्याउन नसकेपछि २०८० असार मसान्तसम्म म्याद थपिएको थियो । म्याद थपिएको समयमा पनि ल्याउन नसकेको र म्याद थपको समयभन्दा झण्डै एक वर्षपछि मेशिन ल्याएको पालिकाको भनाई छ ।

    २०८० फाल्गुन २४ गतेको नगरपालिका बोर्ड बैठकले भने कम्पनीले थप गरेको म्यादमा पनि औजार नआएको सो अवसरमा जानकारी गराईएको थियो । सम्झौता तोड्ने निर्णय गरेर ५ दिनको सूचना निकालेको र उक्त सूचना निकालेको ३ दिनमा मेशिन सरसफाई केन्द्रमा आई पुगेको बताईएको छ । कम्पनीले पालिकाबाट लिएको २१ लाख २३ हजार पेश्की लगेको कार्यक्रममा जानकारी गराईएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.